२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजर र मोडर्नादेखि रूसको ‘स्पूतनिक-भी’सम्म, कुन भ्याक्सिनको मूल्य कति ?

फाइजर र मोडर्नादेखि रूसको ‘स्पूतनिक-भी’सम्म, कुन भ्याक्सिनको मूल्य कति ?


अमेरिका र ब्रिटेनपछि कोरोना भ्याक्सिनलाई लिएर रुसबाट पनि राम्रो खबर आएको छ। खबरअनुसार क्लिनिकल ट्रायल’को दोश्रो शुरुवाती विश्लेषणमा रूसको भ्याक्सिन ‘स्पूतनिक-भी’ कोरोनासँग लड्न ९५ प्रतिशत प्रभावकारी पाइएको छ।

यस भ्याक्सिनको पहिलो खोप दिएको २८ दिनपछि यसबाट ९१.४ प्रतिशत र ४१ दिन पछि ९५ प्रतिशत प्रभावकारी पाइएको भ्याक्सिनलाई विकसित गर्ने गमलेया रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले दावी गरेको छ।

अन्तर्राष्ट्रिय संचार माध्यम अनुसार रुसका नागरिकको लागि सो खोपको शुल्क नलाग्ने र अन्य देशको लागि भने यसको मूल्य ७ सय रुपैयाँभन्दा कम हुनेछ।

रशियन डायरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल दिमित्रिएवले बताएअनुसार अन्य खोपको दाँजोमा ‘स्पूतनिक-भी’को सम्भावित मूल्यभन्दा निकै कम छ।

रिपोर्ट्सको अनुसार रूसको उक्त कोरोना भ्याक्सिनलाई कम तापक्रममा पनि राख्न सकिन्छ। यो ८ डिग्री सेल्सियस तापमान पनि सुरक्षित हुन्छ। यस भ्याक्सिनको डेलिभरी आउँदो जनावरीमा हुने योजना रहेको छ। सम्झौता गर्ने देशले मार्चको सुरुवातमा मिल्ने जनाइएको छ।

हालैमा अक्सफोर्ड एस्ट्राजेनेको भ्याक्सिनलाई लिएर ७० प्रतिशत प्रभावकारी रहेको दावी गरिएको छ। वृहत परीक्षणको नतिजाको आधारमा उक्त दावी गरिएको हो।

यस्तै, छिमेकी राष्ट्र भारतले सीरम इन्सिच्युटको भ्याक्सिनको ‘कोभिशील्ड’ नामबाट लन्च गर्नेछ। यसको डोजको मूल्य भारु ५ सय हुनेछ।

यस्तै, पहिला अमेरिकाको औषधी कम्पनी फाइजर र मोडर्नाले पनि आ-आफ्नो भ्याक्सिन ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दावी गरेका थिए। जहाँसम्म मूल्यको कुरा छ, फाइजरको खोपको मूल्य प्रति डोज १९.५० डलर हुनेछ।

यता, मोडर्नाको भ्याक्सिनको मूल्य भने २५ देखि ३७ डलरको बीचमा रहने जानकारी छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ