२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअक्सफोर्डको कोरोना भ्याक्सिनमा विश्व स्वास्थ्य संगठनको टिप्पणीले तनाब बढायो

अक्सफोर्डको कोरोना भ्याक्सिनमा विश्व स्वास्थ्य संगठनको टिप्पणीले तनाब बढायो


जेनेभा –  घातक महामारीबाट बच्नको लागि अक्सफर्ड-AstraZeneca’ को कोरोना भाइरस भ्याक्सिन सबैभन्दा बढी प्रभावकारी हतियार मानिरहेको बेलामा अमेरिकाका एक्स्पर्टहरुले भने उक्त भ्याक्सिनलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीको साथ-साथै विश्व स्वास्थ्य संगठन (WHO) का वैज्ञानिकले यसको सुरक्षा र असरको आंकलन गर्नको लागि अझै ज्यादा डेटाको जरूरत रहेको जनाएका छन् ।

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर सर जोन बेलले सीएनबीसीसँग कुरा गर्दै भने, ‘प्रेस रिलिजको सहायताबाट साइंटिफिक नतिजाको घोषणामा समस्या रहन्छ र तपासँग पूरा डाटा छैन र मानिसहरु सहिढंगबाट तथ्याङ्क हेरेर बुझ्न नसक्ने समस्या छ।’

संगठनमा इम्यूनाइजेशन, भ्याक्सिन र बायोलोजिकल्स डायरेक्टर केट ओ ब्रायनले पनि सहमति जताएका छन्। जेनेभा मुख्यालयमा प्रेस ब्रिफिङको समयको क्रममा केटले भने, ‘पत्रकार सम्मेलनमा सिमित जानकारीमात्र दिन सकिन्छ। र भ्याक्सिन इम्युन रेस्पोन्स कसरी पैदा गर्छ भन्ने जस्ता अन्य जानकारी पनि जरुरी हुन्छ।’

यता, संगठनको प्रमुख साइन्टिस्ट डा. सोम्या स्वामीनाथनले भने, ”AstraZeneca’को ट्रायलको तथ्यांकको नतिजामा पुग्नको लागि यो निकै कम समय हो।’ भ्याक्सिनको कम डोज मा पनि ३ हजार भन्दा कम मानिस सहभागी थिए। भने, ठुलो ट्रायलमा ८ हजारभन्दा बढी परीक्षण भएको थियो। स्वामिनाथनका अनुसार कम डोजको साथै राम्रो असरको लागि ट्रायल जरुरी हुन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ