२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ जाडोयाममा बढ्ने गर्छ डिप्रेशन, यसरी पाउनुहोस् मुक्ति

जाडोयाममा बढ्ने गर्छ डिप्रेशन, यसरी पाउनुहोस् मुक्ति


जाडोलाई डिप्रेशन बढाउने मौसम भन्ने गरिन्छ । यस मौसमी डिप्रेशनलाई सीजनल अफेक्टिव डिसअर्डर अर्थात एसडी भनिन्छ। जाडोको दिनहरुमा मानिसहरुको प्राय मुड ओफ हुने गर्छ। यदि तपाईलाई प्राय तनावको समस्या रहन्छ भने जाडो आउने बित्तिकै समस्या झन् बढ्ने गर्छ। यस मौसमको समयमा तनाव र डिप्रेशन बढ्ने केहि कारण पनि छन्।

करिब ४० प्रतिशत महिलालाई जाडोयाममा डिप्रेशनको अनुभव हुने गर्छ। र उनीहरु दुखित भएर बस्न थाल्छन। आखिर जाडो मौसम र डिप्रेशनबीच के छ सम्बन्ध ? डिप्रेशनबाट कसरी बच्ने ? जानौं।

यदि तपाईलाई जाडो महिना आउने बित्तिकै दुख लाग्ने गर्छ जस्तो लाग्छ भने यो तपाईलाई मात्र हैन। ४० प्रतिशत महिलालाई एक यस्तो समस्या हुने गर्छ। साइकोलजिस्ट डाक्टर अजय तनेजाका अनुसार जीवनना सबै ठिक-ठाक हुँदा पनि तपाई दुखी हुनहुन्छ भने तपाई सीजनल अफेक्टिभ डिसअर्डर अर्थात एसडी भएको हुनसक्छ। सीनियर कन्सल्टेन्ट र न्यूरोलोजिस्ट डा. पवन कुमार भन्छन्, ‘जाडोमा केहि मानिस उदास हुने गर्छन र घामको प्रकाश पनि पर्याप्त शरीरमा पस्न पाउँदैन। जसकारण दैनिक व्यायाम र घाममा बस्नाले सन्तुलनमा ल्याउन सकिन्छ।

यसको कारण थकान पनि हो

जाडोमा दिन छोटो र रात लामो हुने गर्छ र तपाईको उठ्ने र सुत्ने चक्र गडबडका कारण थकान बढ्ने गर्छ। जाडोमा घामको किरण कम हुनुको अर्थ तपाईको मस्तिष्क ज्यादा मात्रामा मेल्याटोनिन हार्मोन बनाउँदै गर्छ। किनभने यस स्लिप हार्मोनको सिधा सम्बन्ध किरण र अध्यारोसंग हुने गर्छ। जाडोमा हाम्रो मस्तिष्क सुर्य छिटो लुक्ने गर्छ जसले हाम्रोमस्तिष्क मेल्याटोनिन बनाउन थाल्छ। जसले साँझ ढल्ने बित्तिकै हामीलाई सुत्न मन लाग्ने गर्छ। र हामी छिटो कोठामा जान मन गर्छौं। जाडोमा हाम्रो शारीरिक सक्रियता पनि कम हुने हुँदा थकावट र आलस्य गम्भीर डिप्रेशनको संकेत हुनसक्छ।

मूड छिटो स्विंग हुनु

सूर्यको किरण कम हुने हुँदा आकाशमा कालो बादलले ढाक्ने गर्छ। जसले हाम्रो दिमागमा सेरोटोनिन केमिकलको निर्माण कम हुने गर्छ जसको प्रत्यक्ष असर हाम्रो मुडमा पर्छ। जब यो केमिकल कम बन्छ तब मुड सन्तुलित हुँदैन। यसबाट व्यक्तिमा उदासिनता, बेचैनी र डिप्रेशन हुने गर्छ। केहि मानिसमा सो केमिकलको बढी असर देखिने गर्छ भने कसैलाई भने यसको असर खासै पर्दैन।

यसको सामान्य लक्षण

  • थकान,
  • ठाउँको दुख्नु,
  • आल्श्य,
  • काममा मन नलाग्नु,
  • एक्लोपन,
  • बेचैनी,
  • र, सानो कुरामा पनि तनाव लिनु ।

यी सबै मौसमी तनाब अर्थात सीजनल डिप्रेशनको सामान्य लक्षण हो।

यसरी भगाउनुहोस डिप्रेशनलाई

  • खानामा पोषणतत्व समाबेश गर्नुहोस,
  • आफुलाई खुशी मिल्ने काम गर्नुहोस,
  •  संगीत सुन्ने, किताब पढ्ने र सिनेमा हेर्ने,
  • एक्सर्साइज गर्नुहोस जसले मूड परिवर्तन गर्न सहयोग मिल्छ,
  • शपिङ गर्नुहोस,
  • साथीहरुसँग समय बिताउनुहोस, परिवारसंगै घुलमिल हुनुहोस,
  • मनमा नकारात्मक विचार आउँन नदिनुहोस,
  • र, अन्त्यमा एक्लै कोठमा नबस्नुहोस।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ