२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वस्तरमा कोभिड-१९को केस साढे ६ करोड पार, १५ लाखभन्दा बढीको मृत्यु

विश्वस्तरमा कोभिड-१९को केस साढे ६ करोड पार, १५ लाखभन्दा बढीको मृत्यु


विश्वस्तरमा कोरोना भाइरसको केस ६ करोड ५१ लाख पार भएको छ । शुक्रबार जोन्स हप्किन्स युनिभर्सिटीले जारी गरेको तथ्याङ्क अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या मात्रै १५ लाखभन्दा बढी पुगेको छ ।

यस्तै, हालै विश्वभरमा कुल केस ६ करोड ५१ लाख २७ हजार ३ सय ५५ पुगेको छ र मृत्युको कुल संख्या १५ लाख ४ हजार ४ सय ४३ जना रहेको युनिभर्सिटीको सेन्टर फ्र सिस्टम साइन्स एण्ड इञ्जिनियरिङ्ग (सीएसएसई)ले र आफ्नो नविनतम अपडेटमा जारी गरेको छ।

सीएसएसईका अनुसार कोभिडबाट अमेरिका सर्वाधिक प्रभावित देश हो। यहाँ संक्रमणको केस १ करोड ४२ लाख २४ हजार ६ सय ७८ पुगेको छ भने मृत्यु हुने संक्रमितको संख्या २ लाख ७६ हजार १ सय ४८ रहेको छ।

सीएसएसईको तथ्याङ्क अनुसार दश लाख भन्दा बढी केस रहेको देशहरु मध्ये ब्राजिल, रूस, फ्रान्स, व्रिटेन, स्पेन, इटाली,अर्जेन्टिना, कोल्मबिया, म्याक्सिको, जर्मनी, पोल्याण्ड र इरान रहेको छ।

-आइएएनएस


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ