२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसुत्केरीपछि पनि वजन घटेको छैन ? अपनाउनुस् यस्ता काइदा

सुत्केरीपछि पनि वजन घटेको छैन ? अपनाउनुस् यस्ता काइदा


महिलामा आमा बनेपछि वजन घटाउने काम कुनै चुनौतीभन्दा कम हुँदैन । के तपाई गर्भावस्थामा तपाईको वजन बढेको थियो र, अझैसम्म पनि घटेको छैन? र, यदि तपाई आफ्नो वजन घटाउन चाहानु हुन्छ भने यहाँ केहि उपायहरु छन् । जसलाई तपाईले सजिलै अपनाउन सक्नुहुन्छः

स्तनपान

विज्ञ एवम् कैयौं अनुसन्धानको अनुसार स्तपान गराउने महिलाको वजन छिटै घट्छ । स्तनपान गराउनाले शरीरमा ३ सयदेखि ५ सयसम्म क्यालोरी बर्न हुन्छ । क्लिनिकल न्युट्रिशनको अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टको अनुसार स्तनपान महिलामा प्रशवपछि अतिरिक्त वजन कम गर्नमा मद्दत गर्दछ ।

हिडाइ

पोस्ट प्रेग्नेन्सी वजन घटाउन चाहानुहुन्छ भने वाक गर्ने बानी बसाल्नुहोस् । अमेरिकी जर्नल मक्नमा प्रकाशित बच्चा तथा आमाको विषयमा आधारित एक सोधको अनुसार गर्भावस्था पछि पर्याप्त हिडाईले पनि तौल घटाउन सहयोग मिल्नेछ ।

योगा

योगा गर्भावस्था पछि तौल घटाउने सबैभन्दा उत्तम उपाय हो । यसले तपाईको वजन कम हुनुका साथै तपाईमा भएको तनावलाई कम गर्ने गर्दछ । तसर्थ, योगा तपाईको शरीर तथा मानसिक दुवै स्वास्थ्यलाई स्वस्थ राख्न सकिने सबैभन्दा उत्तम उपाय हो ।

प्रशस्त पानीको सेवन

तौल घटाउनका लागि प्रशस्त पानी पिउनुपर्छ । अमेरिकन केमिकल सोसाइटीको रिपोर्ट अनुसार, कम्तिमा पनि तौल घटाउन चाहाने महिलाले प्रत्येक दिन १० देखि १२ गिलाससम्म पानी पिउनुपर्छ ।

उचित निन्द्रा र खाना

निन्द्राको कमी, तनाव तथा जथाभावी खानाले पनि महिलामा वजन बढाउँछ । यस्तोमा तपाईले यी ३ पक्षप्रति विशेष ध्यान पु¥याउदै यी गतिविधिबाट टाढै रहनुपर्छ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ