२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरस चीनबाट फैलिन सुरु भएको होइन : अमेरिकी शोध

कोरोना भाइरस चीनबाट फैलिन सुरु भएको होइन : अमेरिकी शोध


आजभन्दा करिब एक वर्ष पहिले वैज्ञानिकहरुलाई कोभिड-१९ फैलाउने सार्स कोभ-२ को बारेमा त्यतिबेला थाहा भयो जतिबेला चीनको बुहानमा केही मानिसहरु यसबाट संक्रमित भएको खबर आयो । तर, एक नयाँ शोधकाअनुसार महामारीको कारण बनेको सार्स कोभ-२
भाइरसले यसको कयौं हप्ता पहिले नै मानिसलाई संक्रमित गरिसकेको थियो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी)का वैज्ञानिकहरुले गरेको यो शोधको नतिजा क्लिनिकल इन्फेक्सीयस डिजिज नामको पत्रिकाले प्रकाशित गरेको छ ।

अहिलेसम्मको जानकारीअनुसार आधिकारिक रुपमा कोरोना भाइरसका विषयमा वैज्ञानिकहरुलाई ३१ डिसेम्बर २०१९ मा जानकारी मिलेको थियो, जतिबेला चीनको हुवेई प्रान्तका स्वास्थ्य अधिकारीहरुले चेतावनी दिदैं यस्ता कयौं केसहरु अगाडि सारेका थिए, जसमा निमोनियाका गम्भीर लक्षण थिए । उनीहरुले यसलाई श्वास फेर्न गाह्रो हुने सम्बन्धि अनौठो रोग भनेका थिए ।

तर, महामारी सुरु भएको ११ महिनापछि शोधकर्ताहरुले अमेरिकाका तीन राज्यमा ३९ जनामा यस्ता भेटिएका छन्, जसको शरीरमा कोरोना भाइरसको एन्टीबडीज मिलेको छ । जुन चीनमा कोरोना भाइरससँग जोडिएको चेतावनी दिनुपूर्वका २ हप्ता अगाडि उनीहरुको शरीरमा थियो ।

बिबिसी हिन्दीबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ