२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिनः के दुनियाँलाई महामारीबाट बचाउन भ्याक्सिन प्राप्त भएकै हो ?

कोरोना भ्याक्सिनः के दुनियाँलाई महामारीबाट बचाउन भ्याक्सिन प्राप्त भएकै हो ?


त्यो सोमबारको दिन थियो । जर्मनीको माइन्ट्समा झण्डै ५० वर्ष उमेरका दुई वैज्ञानिक एक खास खबरको प्रतीक्षामा थिए ।

यी दुईले आफ्नो पूरै जिन्दगी क्यान्सरको उपचार खोज्नेमा लगाएका थिए । उनीहरुका आमाबुवा १९६० को दशकमा टर्कीबाट जर्मनी आएका थिए ।

त्यतिबेला यो पनि तय भएको थिएन कि उनीहरुलाई जर्मनीको नागरिकता मिल्ने छ वा छैन् । तर, अब उनको अघिल्लो पुस्ता, अथवा यो दम्पत्तिको गिन्ती जर्मनीका सबैभन्दा धनी व्यक्तिहरुमा हुन थालेको छ ।

यो मुकाम मेडिकल क्षेत्रमा उनीहरुको कामयावीले दिलाएको हो ।

त्यतिबेला समाचार एजेन्सीहरुले त्यो खबर प्रसारित गरे जसको खुशीयाली यी दुईले एक रात पहिले नै मनाएका थिए ।

संसारभर १४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरस रोक्नका लागि उनको कम्पनी बायोएनटेकले अमेरिकी कम्पनी फाइजरसँग मिलेर जुन भ्याक्सिन बनाएको थियो, ट्रायलमा त्यो ९० प्रतिशतभन्दा बढी प्रभावी सावित भएको थियो ।

बायोएनटेकका सिइओ उगर साहिन र उनकी पत्नी एवं बोर्ड सदस्य ओजेस तुएरेसी । जसको कोरोना भाइरसको भ्याक्सिन विकासका ठूलो योगदान छ । तस्वीरःBIONTECH SE 2020

त्यसपछिका केही दिनमै औषधि कम्पनी मोडर्ना, एस्ट्राजेनेका र रुसमा तयार भइरहेको भ्याक्सिनलाई लिएर पनि यस्तै खबरहरु आए र दुनियाँभर खुशीयाली छायो ।

२ डिसेम्बरमा बेलायत संसारको पहिलो यस्तो देश बन्यो जसले फाइजर/बायोएनटेकको कोरोना भाइरस भ्याक्सिनलाई व्यापक प्रयोग गर्नका लागि अनुमति दियो ।

तर, के दुनियाँलाई त्यो भ्याक्सिन प्राप्त भइसक्यो जो कोरोना महामारीलाई खत्तम गर्न सक्छ ?

अमेरिकाको आला हेल्थ पब्लिकेसन स्टाट न्युजकी संवाददाता हेलेन ब्रान्सवेल यो प्रश्नको जवाफ दिदैं भन्छिन्, ‘फाइजरले जो टेष्ट ग¥यो, त्यसको नतिजा एक राम्रो खबर हो । यसले यो देखाउँछ कि जो अन्य कयौं भ्याक्सिनमा काम चलिरहेको छ, ती पनि प्रभावी सावित हुनेछन् । कारण यो छ कि ती सबै स्पाइक प्रोटीनको ध्यान दिदैं तयार गरिदैंछ ।’

हेलेन ब्रान्सवेल बताउँछिन् स्पाइक प्रोटीन के हो ?

उनी भन्छिन्, ‘यदि तपाईंले कोरोना भाइरसको तस्विर देख्नुभएको छ भने तपाईं यसको माथि केही अग्लो भाग देख्नुहुनेछ, केही केही मुकुट जस्तै । यो स्पाइक प्रोटीन हो, जो भाइरसभन्दा माथि रहन्छ । ’

हेलेन अगाडि थप्छिन्, ‘केही मानिसहरु यो भन्न सक्छन् कि भ्याक्सिन तयार गरिरहेका वैज्ञानिकले तमाम अण्डा एकै टोकरीमा राखिदिए । उनीहरु भन्नेछन् कि स्पाइक प्रोटीनलाई ध्यानमा राखेर भ्याक्सिन बनाउनु ठीक होइन तर फाइजरको नतिजाले बताउँछ कि स्पाइक प्रोटीन सही लक्ष्य थियो ।’

मोडर्ना र फाइजरले जुन प्रयोग गरे, त्यसको नतिजामा उक्त टेक्नीकको कामयावीको संकेत दियो, जसलाई वर्षौदेखि तयार गरिन थालिएको थियो । तर, यसलाई मानिसमाथि कहिल्यै यसप्रकारले प्रयोग गरिएको थिएन ।

संक्रमणमाथि प्रभावकारी रोक लाग्न सक्छ ?

भ्याक्सिनको यो प्रक्रियामा जेनेटिक कोडिङको प्रयोग भएको हो ।

हेलेन ब्रान्सवेल यसलाई अझ स्पष्ट तरिकाले बुझाउँछिन् ।

उनकाअनुसार, ‘हामीलाई जुन प्रोटीनको जरुरी हुन्छ, उसलाई तयार गर्नका लागि हाम्रो शरीरमा हर समय म्यासेन्जर आरएनएको प्रयोग गरिन्छ । भ्याक्सिनमा रहेको म्यासेन्जर आरएनए कोषिकालाई बताउँछ कि उक्त प्रोटीनलाई कसरी तयार गरिन्छ । यसपछि जब तपाईं कोरोना भाइरससँग मुकाबिला गर्नुहुनेछ तब तपाईको इम्युन सिष्टममा उक्त एन्डीबडीज मौजुद रहन्छ, जो यसलाई पहिचान गरेर संक्रमित संक्रमित कोषिकासँग जोड्नबाट रोक्छ ।’

शरीरका तमामा कारणका बीच अझै पनि केही सवाल बाँकी नै छन् । भ्याक्सिनका कारण हासिल गरेको इम्युनिटी कति समयसम्म रहन्छ ? र, के यसले संक्रमणमा प्रभावकारी रोक लगाउन सक्छ ?

हेलेन ब्रान्सवेल यो प्रश्नमा भन्छिन्, ‘तपाईहरुले हर्ड इम्युनिटीका बारेमा सुन्नुभएको होला । आशा गर्नुपर्छ कि भ्याक्सिन हामीलाई त्यो स्थितीमा पु¥याउन सक्छ, जहाँ तमाम यस्ता मानिसहरु हुनेछन्, जोसँग भाइरससंग लडनका लागि प्रतीरक्षा हुनेछ । जसका कारण भाइरस निकै तीब्र रुपमा नफैलियोस । यदि भ्याक्सिन संक्रमण रोक्न असफल भएमा भने स्थिती मुश्किल हुनेछ ।’

यस्तोमा हामी महामारी चाडै खतम हुने आशा कतिको गर्न सकछौ ? हेलेनकाअनुसार विज्ञानमा केही हासिल गर्नका लागि समय लाग्छ । तर, यसबीच सरकारहरु भ्याक्सिन तयार गर्ने योजनाहरु जोडदार तरिकाले बनाइरहेका छन् र अब यस्तो लाग्छ कि उनीहरुसँग छनोट गर्नका लागि कयौं विकल्पहरु छन् ।

प्रोफेसर अन्जरा गनी लन्डनको इम्पेरियल कलेजमा संक्रामक रोग महामारी विभागसँग आवद्ध छन् । उनी यो भाइरसको फैलिने तरिकामाथि अध्ययन गरिरहेकी छिन् । साथै, यो जानकारी पनि जुटाइरहेकी छन् कि महामारी नियन्त्रणका लागि भ्याक्सिनलाई मानिसहरुको अलग–अलग समूहका कसरी पु¥याउन सकिन्छ ।

कोरोना भाइरसको भ्याक्सिन एक वर्षभित्र कसरी बन्यो ?

प्रोफेसर अन्जरा गनी बताउँछिन्, ‘अहिले पनि हामीलाई थाहा छैन कि यिनीहरुमध्ये कुन भ्याक्सिन सफल होला । यसकारण अलग टेक्नीक र तरिकाबाट बनएका कयौं भ्याक्सिन हुनाले यो जोखिम क छ कि यदि एक भ्याक्सिन असफल भयो त के भयो । दोस्रो फाइदा यो छ कि हामी संसारको निकै ठूलो जनसंख्यालाई भ्याक्सिन लगाउन चाहन्छौं । यसका लागि काफी भ्याक्सिनको जरुरत हुनेछ । कुनै एक कम्पनी यो मागको पूरा गर्न सक्ने छैन् ।’

जुन भ्याक्सिन तयार गरिदैंछ, उसको पहिलो लक्ष्य कोरोना भाइरसलाई माथ खुवाउनु हो । तर, प्रोफेसर अन्जरा गनीको मत छ कि यसबाट पहिले मौजुद भ्याक्सिनलाई झन प्रभावी बनाउन सहयोग मिल्नेछ ।

उनी भन्छिन्, ‘मलेरियाको पहिलो भ्याक्सिन बनाउन २० वर्ष लाग्यो । मलाई लाग्छ कि यो टेक्नीकलाई प्रयोग गरेर नयाँ पिढीको मलेरिया भ्याक्सिन निकै चाडो बनाउन सकिनेछ । यस्तो संक्रामक रोग जो पूरै संसारमा फैलिन्छ र कयौ मानिसहरुको ज्यान लिन्छ, त्यसमध्ये केही गरिब इलाकामा फैलिन्छन् र जसमाथि जति ध्यान दिनुपर्ने हो, त्यति दिइदैन ।’

(बिबिसी हिन्दीमा प्रकाशित आलेखको आधा अंश हेल्थआवाजका पाठकहरुका लागि पनि सान्दर्भिक हुने ठानी भावनुवाद गरिएको हो ।)


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ