२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययस्तो छ स्तनपान र महिनावारीबीचको सम्बन्ध

यस्तो छ स्तनपान र महिनावारीबीचको सम्बन्ध


जब स्तनपान र मासिक चक्र बीचको सम्बन्धको बारेमा कुरा आउँछ, तब अधिकांश महिलामा यसबारे एक किसिमको अन्योलता रहेको पाइन्छ । यद्यपि, सुत्केरी भएपश्चात् स्तनपानको गराइरहेका महिलामा महिनावारी चक्र पुन: देखापर्ने केसलाई सामान्य नै मानिन्छ ।

प्रसुतिपछि प्रत्येक महिलामा रक्तश्राव हुने प्रकृया सामान्य हो । र, यस समयमा हुने मासिक चक्र फरक र अत्याधिक मात्रामा हुने गर्छ । यद्यपि, विभिन्न अध्ययनलाई हेर्ने हो भने तुलनात्मकरुपमा बोतलबाट दूध पिलाउने आमाहरुमा स्तनपान गराउने आमामाभन्दा छिटो मासिक चक्रको पुनः शुरुवाती भएको देखिन्छ । अर्थात्, स्तनपानले गर्भावस्थामा उत्पन्न भएका हामाृैन गडबढीलाई सन्तुलन राख्ने भएकाले पनि यसले मासिक धर्मलाई केहि समयसम्म रोक्नका लागि मद्दत गर्दछ ।

जसकारण् स्तनपान गराउने केहि आमाहरुमा पुन: मासिक चक्र प्रकृया केहि हप्ता वा वर्षाैसम्म पनि नदेखिने हुन्छ । यद्यपि यो प्रकृया लामो समयसम्म निरन्तर रहिरहेमा महिलाले एकपटक अनिवार्य रुपमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्छ । यस्तै, चिकित्सककै सल्लाहमा सुत्केरीको अवधि ६ महिना कटिसकेका कतिपय महिलाले आफ्नो महिनावारी पुनः सुचारु गराउनको निमित्त केहि समयका लागि आफ्नो स्तनपान समेत रोक्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।

यस्तै, सुत्केरीपछि एकपटक महिनावारी भएका सबै महिलामा यो नियमित रुपमा नै हुन्छ भन्ने हुँदैन । गर्भावस्थाको दौरानमा शरीरमा घटबढ रहेको हार्मोन  यथावत् नै रहने भएकोले पनि यसपछि हुने अनियमित महिनावारीलाई नौलो मानिदैन । यद्यपि, प्रसुतीपछि शुरु हुने पहिलो महिनावारी निम्न पक्षहरुमा निर्भर रहन्छन्ः

  •  शिशुको स्याहार कसरी गरिँदैछ ?,
  • शिशुलाई बोतलको दुध खुवाएमा,
  • शिशुको सुताइको अवधि,
  • आमाको व्यक्तिगतको शारीरिक रसायनको अवस्था,
  • र, गर्भावस्थामा शरीरमा उत्पन्न भएको स्तनपानसँग सम्बन्धित हार्माेनको मात्रा ।

एकपटक महिनावारी शुरु भएपश्चात्, भने पुनः गर्भ नचाहाने महिलाले यौनसम्पर्कको दौरान फेरी पनि अनिवार्यरुपमा सावधानी अपनाउनुपर्छ । जसकारण सुत्केरीपछि पहिलोपटक हुने महिनावारीलाई केहि महिलाले ‘वार्निङ पिरियड’को संज्ञा समेत दिएका छन् ।

यद्यपि, केहि आंशिक महिलामा पहिलो महिनावारी शुरु हुनु अगावै पनि गर्भ बसिसकेको केसहरु देखिएका छन् । तसर्थ, यस दौरानमा पनि गर्भनिरोधकका निमित्त कन्डमको प्रयोग गर्नु सबैभन्दा उचित मानिन्छ । यसले महिलामा फेरि गर्भ हुने सम्भावनालाई न्युन गराउनका साथै यौनको माध्यमबाट सर्ने रोगको जोखिमलाई कम गराउन मद्दत गर्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ