२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा भोलिबाट ऐतिहासिक कोरोनाविरुद्ध खोप अभियान सुरु हुने

बेलायतमा भोलिबाट ऐतिहासिक कोरोनाविरुद्ध खोप अभियान सुरु हुने

लक्षित समूहलाई पहिलो प्राथमिकता


काठमाडौँ –  बेलायतमा पहिलोपटक कोरोनाविरुद्ध खोप अभियान सुरु हुने भएको छ। बेलायती सरकारले मंगलबारबाट खोप जनमानसमा उपलब्ध गराउने जनाएको हो।

बेलायत उक्त खोप अभियानसँगै फाइजर/बायोएनटेकद्वारा तयार गरिएको भ्याक्सिनको प्रयोग गर्ने पहिलो देश बन्नेछ। बेलायती सरकारले पहिलो अस्पतलामा र त्यसपछि क्लिनिकहरुमा भ्याक्सिन उपलब्ध गराउने जनाएको छ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले खोपको लागि ८० वर्षभन्दा बढी उमेरका वृद्धहरु, स्वास्थ्य सेवा कर्माचारीहरु र अग्रपंक्तिमा कर्मचारीलाई प्राथमिकता दिएको छ।

बेलायतले पछिल्लो हप्तामात्रै उक्त भ्याक्सिन आपतकालिन प्रयोगको लागि अनुमति दिएको थियो। कोरोनाविरुद्ध लड्ने उक्त खोप अभियानलाई लिएर अहिलेसम्म इतिहासमै सबैभन्दा बढी महत्वपूर्ण खोप अभियान कार्यक्रम हुने बताइएको छ।

यता, सुरुमा भ्याक्सिन संचालनमा ल्याउन इंग्ल्याण्डको ५० अस्पताल हबको रुपमा चुनिएको छ। स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डमा पनि मंगलबारबाट अस्पतालबाट खोप अभियान सुरु गर्नेछ।

सो खोपको ८ लाख डोज अर्को हप्ताबाट बेलायतमामा उपलब्ध हुने आशा गरिएको छ। बेलायती सरकारले अहिलेसम्म चार करोड भ्याक्सिनको डोज अर्डर दिएको छ। जुन २ करोड जनताको लागि प्रयाप्त छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ