२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यलिङ्ग परिवर्तन गरेका व्यक्तिमा यौनसुख प्राप्तिको सम्भावना कति?

लिङ्ग परिवर्तन गरेका व्यक्तिमा यौनसुख प्राप्तिको सम्भावना कति?


प्राकृतिक क्षेत्रमाथिको भौतिक विजय र चिकित्सा विज्ञानतर्फको सफलताका कारण हाल व्यक्तिले चाहेअनुरुप आफ्नो अङ्ग फेर्न र मिलाउन सक्ने भएका छन् । यसको एक पक्षिय उपलब्धि लिङ्ग परिवर्तन पनि हो । शल्यक्रियाको माध्यमबाट व्यक्तिले आफ्नो लिङ्ग चाहाना अनुरुप परिवर्तन गर्न सक्छन् । र, यस अवधारणालाई चिकित्सा क्षेत्रअन्र्तगत भने, ‘सेक्स असाइनमेन्ट सर्जरी’ पनि भनिन्छ ।

यसरी अन्र्तराष्ट्रियस्तरमा ‘सेक्स असाइनमेन्ट सर्जरी’ को अवधारणा भित्रिएको दशकौं वर्ष बितिसक्दा पनि हालसम्म यसलाई धेरैले नौलो पद्धतिको रुपमै लिएका छन् भने, अधिकांशमा यसप्रति विभिन्न आम–जिज्ञासाहरु समेत रहेको पाइन्छ । यीनै मध्येको जिज्ञासा भनेको लिङ्ग परिवर्तन गरेका व्यक्तिले यौन सम्बन्ध कसरी स्थापित गर्छन्? के उनीहरुलाई चरम आनन्द प्राप्त हुन्छ त?’ भन्ने पनि हो ।

शल्यक्रियाको दौरानमा व्यक्तिको लिङ्ग महिलाबाट पुरुष र पुरुषबाट महिलाको रुपमा तयार गरिन्छ । यसरी शल्यक्रियाको केहि समयपछि ती व्यक्तिले सामान्य रुपमा नै यौनसम्बन्ध स्थापित गर्न सकिने विज्ञहरु बताउँछन् ।

यस्तै, यस विषयमा गरिएका केहि अध्ययनले भने लिङ्ग परिवर्तन गरी पुरुषबाट महिला बनेका ८० देखि १०० प्रतिशत व्यक्तिले यौन सम्पर्कको दौरानमा चरम आनन्त प्राप्त गर्ने देखाएको छ । यसै विषयमा बोल्दै हालसम्म थुप्रै शल्यक्रिया गरिसकेका शल्य चिकित्सक डा. बाइबरको अनुसार लिङ्ग परिवर्तन गरेका १८ देखि ३५ वर्ष उमेर समूहका महिलाले यौनसुख प्राप्त गर्ने सम्भावना ९५ प्रतिशत रहन्छ । र, यो आम महिलाको तुलनाको दरभन्दा बढि पनि हो ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ