२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअक्सफोर्डको भ्याक्सिन सुरक्षित र प्रभावकारी, ट्रायलको नतिजा यस्तो

अक्सफोर्डको भ्याक्सिन सुरक्षित र प्रभावकारी, ट्रायलको नतिजा यस्तो


विश्वभरमा कोरोना सङ्कटबीच अक्सफोर्ड युनिभर्सिटी र एस्ट्रोजनले मंगलबार एक वैज्ञानिक म्यागेजिनमा खोपको अन्तिम चरणको क्लिनिकल परीक्षणको नतिजा प्रकाशित गरेको छ। उक्त नतिजाले वैश्व दौडमा महामारीको यस बाधालाई पार गर्नको लागि यो खोप सुरक्षित र प्रभावकारी देखिएको अक्सफोर्डले जनाएको हो।

स्वास्थ्यसम्बन्धि पत्रिकामा प्रकाशित अध्ययनले सो भ्याक्सिन ७० प्रतिशत प्रभावकारी पाइएको उल्लेख गरेको छ। यो रिपोर्ट भ्याक्सिनलाई लिएर चलिरहेको सकारात्मक घटनाक्रमको समयमा आएको हो। यसबाट भ्याक्सिन महामारीमा रोक लगाउन ठुलो टेवा पुग्ने आशा गरिएको छ।

अक्सफोर्ड भ्याक्सिन समूहका निर्देशक प्रोफेसर एन्ड्रयु पोलार्डले एक पत्रकार सम्मेलनमा भने, ‘भर्खरै प्रकाशित खबरबाट डेवलपर्स पारदर्शीरूपबाट तथ्यांक सार्वजनिक गरिरहेको छ। महामारीको प्रकोपलाई कम गर्नको लागि भ्याक्सिनलाई एक श्रृंखलाको आवश्यकता हुनेछ।’

यो कम्पनीबीच नभएर भाइरस विरुद्धको प्रतिस्पर्धा भएको पोलार्डले बताए। उनले भने, ‘नातिजाबाट भ्याक्सिनको दुई डोज काफी प्रभावकारी रहेको छ। पहिला आधा र पछि एक पूरा डोज दिएको थियो जसको अनुपात ९० प्रतिशत रहयो।’

हालैमा ब्रिटेनले गएको मंगलबारबाट भ्याक्सिनेशनलाई सुरु गर्ने पहिलो देश बनेको छ। जसले अघिल्लो साता उपयोग गर्ने अनुमति पाएको थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ