२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटुरोगबाट ज्यान गुमाउनेको संख्या बढ्यो : डब्लुएचओ

मुटुरोगबाट ज्यान गुमाउनेको संख्या बढ्यो : डब्लुएचओ


मुटु रोगबाट ज्यान गुमाउनेको संख्या पहिलेको तुलनामा अहिले झनै बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनको अनुसार पछिल्लो २० वर्षमा विश्वस्तरमै हेर्ने हो भने मुटु रोगका विरामीको मृत्यदर अन्य घातकरोगको तूलनामा सबैभन्दा अगाडी छ।

संगठनले मुटु रोगसँगै मधुमेह र मनोभ्रम्स रोग पनि विश्वको १०प्राणघातक रोगको सूचीमा रहेको र यसबाट सबैभन्दा बढी मृत्यु हुने गरेको बताएको छ।

ग्लोबल हेल्थ एस्टिमेट्सले बुधबार जारी गरेको तथ्यांक अनुसार मुटु रोग सबैभन्दा बढी मृत्यु हुने १० खतरनाक रोग मध्ये एक रहेको बताएको छ। उक्त जारी तथ्यांक सन् २००० देखि सन् २०१९सम्मको अवधिको हो।

संगठनले भन्यो, ‘पछिल्लो २० वर्षमा मुटुको रोग सबैभन्दा बढी मृत्यु हुने कारण बन्दै आएको छ।’

तथ्यांक अनुसार धेरै कारणमध्ये १६ प्रतिशत मृत्यु मुटु रोगबाट हुने गर्छ। सन् २००० सालमा २० लाख देखि बढेर २०१९मा ९० लाख पुगेको छ। अल्जाइमरजस्तो विभिन्न रोगबाट विश्वभरमा मृत्यु भैरेहेको छ। विश्वस्तरमा अल्जाइमर र डिम्नेशिया जस्तो अन्य प्रकारको रोगबाट मृत्यु हुने संख्या ६० प्रतिशत देखिएको छ।

यता, २००० देखि २०१९सम्ममा मधुमेहबाट मृत्यु हुने बिरामीको संख्या ७० प्रतिशत बढेको छ।जसमध्ये पुरुषमामात्रै ८० प्रतिशतसम्म बढेको छ।

यस्तै, एचआइभी/एड्स विश्वस्तरमा मृत्युको कारक मानिने रोगहरु सन् २०००को आठौँ स्थानबाट २०१९मा आउँदा १९ औं स्थानमा पुगेको छ। यसैगरी क्षयरोग पनि विश्वको सबैभन्दा खतरनाक १० कारक रोग मध्ये मानिएको थियो तर २०१९सम्म आइपुग्दा १३ औ स्थानमा पुगेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ