२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएचआइभीको गलत रिपोर्ट देखिएपछि अष्ट्रेलियामा कोरोना खोपको परीक्षण माथि रोक

एचआइभीको गलत रिपोर्ट देखिएपछि अष्ट्रेलियामा कोरोना खोपको परीक्षण माथि रोक


अष्ट्रेलियामा कोरोना भाइरस रोकथामको लागि उत्पादन गरिएको एक खोपको किल्निकल ट्रायल बन्द गरिएको छ। परीक्षमा  सहभागी मध्ये केहीमा खोप लगाएपछि ‘एचआइभी पोजेटिभ’ देखिएपछि उक्त कदम उठाइएको हो।

क्विन्सल्याण्ड विश्वविद्यालय र बायोएनटेक कम्पनी सीएसएलद्वारा निर्माण भएको कोभिड-१९को खोपको काम बन्द गरिएको हो।

अष्ट्रेलिया सरकारले खोपको ५ करोड १ लाख डोज खरिद गर्नको लागि ४  भ्याक्सिन निर्मातासँग सम्झौता गरेको थियो। सीएसएलले एक बयानमा कुरा गर्दै भन्यो, ‘परीक्षणमा भाग लिने २ सय १६ मध्ये कुनै गम्भीर प्रतिकुल असर देखिएको छैन र स्वास्थ्यको सुरक्षाको लागि खोपमा उपयुक्त उपाय अपनाइएको थियो।

एन्टीबडीको कारण त्रुटिपूर्ण नतिजा देखियो

बीबीसीको अनुसार परीक्षण पछि खोपबाट बनेको एन्टीबडीको कारण सहभागीहरुमा एजआइभीको त्रुटिपूर्ण नतिजा आउन थाल्यो। सीएसएलले भन्यो, ‘यदि राष्ट्रीयस्तरमा यस खोपको प्रयोग भएको भए समुदायमा एचआइभी संक्रमणको त्रुटिपूर्ण परिणामको कारण अष्ट्रेलियाको जनस्वास्थ्यमा गम्भीर असर पर्न जान्थ्यो। यसको परीक्षण गत जूलाई देखि गरिँदै आएको थियो।

एजआइभी संक्रमणको नतिजा पछिको भएको अध्ययनले कसैमा पनि एचआइभी संक्रमण नपाइएको जनाएको छ ।

अष्ट्रेलियाको स्वास्थ्य विभागका सचिवले भने, ‘काममा यस्तो सम्भावना हुन्छ नै। तर हामी आत्मविश्वासकासाथ कुनै मुद्दा उठाउन चाहँदैनौं, र यो गलत त्रुटिपूर्ण नतिजाले परीक्षणमा केही गडबडी र विश्वासमा भने कमी गरेको हुनसक्छ।’

परीक्षण रोक्ने यस कदमबाट अष्ट्रेलिया सरकार र अनुसन्धानकर्ता सावधानीपुर्वक काम गरिरेको पुष्टि भएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरेसिनले बताए। उनले भने, ‘यो घटनाबाट हामी हैरान बनेका छैनौं। हामी बिना कुनै हत्तार गरी सम्हालेर अघि बढ्न चाहान्छौं।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ