२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअक्सफोर्डको ‘कोभिशिल्ड’को दुई पूर्ण डोज प्रभावी भएको दावी

अक्सफोर्डको ‘कोभिशिल्ड’को दुई पूर्ण डोज प्रभावी भएको दावी


काठमाडौं—अक्सफोर्ड युनिभर्सिटी एवं एस्ट्राजेनेका कम्पनीको कोरोना भ्याक्सिन कोभिशिल्डको दुई फुल डोज एकदमै राम्रो इम्युन रिस्पोन्स दिइरहेको जनाइएको छ । अक्सफोर्ड युनिभर्सिटीले बिहीबार यो जानकारी दिएको हो ।

युनिभर्सिटीले एक बयानमा भनेको छ, ‘पहिले हामीले एक पूर्ण र एक आधा डोज दिएर ट्रायल गरेका थियौं । यसरी क्यान्डिडेटलाई डेढ डोज दिइएको थियो । अब दुई पूर्ण डोज दिइएको छ । यसको नतिजा काफी राम्रो देखिएको छ ।’

करिब एक महिना अघि एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन प्रोडक्सनमा देखिएको गल्ती स्वीकार गरेको थियो । त्यतिबेला भ्याक्सिन तेस्रो चरणको ट्रायलको नतिजा जारी गरिएको थियो । जसमा अलग—अलग नतिजा अगाडि आएका थिए ।

बिहीबार अक्सफोर्डले आफ्नो भ्याक्सिन बारे नयाँ जानकारी दिएको हो । सो क्रममा उसले ट्रायलका क्रममा क्यान्डिडेटलाई दुई पूर्ण डोज दिइएको उल्लेख गरेको थियो । जसको राम्रो नतिजा दिएको उसले जनाएको छ । ‘यसअघि हामीले एक पूर्ण डोज र अर्को आधा डोज दिएका थियौं,’ उसले भनेको छ, ‘यसको तुलनामा दुई पूर्ण डोज काफी प्रभावी सावित भएको छ ।’


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ