२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरीरको बनावटबाट खुसी छैनन् टिनएजर्स, धेरै युवतीहरु बेखुसी

शरीरको बनावटबाट खुसी छैनन् टिनएजर्स, धेरै युवतीहरु बेखुसी


काठमाडौं—टिनएजर्सहरु सेल्फी पोष्ट गर्दा पर्फेक्ट शरीरको भएको फोटोमा ध्यान दिन्छन् । टिनएजर्समा डिप्रेसनको एक कारण शरीरको बनावट पनि हुन सक्छ । नेदरल्याण्डसमा हालै गरिएको एक अनुसन्धानले यस्तै देखाउँछ ।

अनुसन्धानकाअनुसार यदि टिनएजर्सहरु आफ्नो शरीरको बनावटबाट खुसी छैनन त त्यो डिप्रेसनको कारण हुन सक्छ ।

जर्नल अफ इपिमिमियोलोजी एन्ड कम्युनिटीमा छापिएको रिपोर्टअनुसार ६० प्रतिशत युवाहरु आफ्नो शरीरको बनावटबाट खुसी छैनन् । सोसल मिडियाका कारण यस्तो समस्या अझ बढोत्तरी भइरहेको छ । युवाहरु फोटो र सेल्फी पोष्ट गर्दा आफ्नो पर्फेक्ट शरीरमा ध्यान दिन्छन् ।

बेलायतमा यसको अवस्था बुझ्नका लागि फरक—फरक उमेर समूहका टिनएजर्समा अध्ययन गरिएको थियो । पहिले समूहमा यस्ता टिनएजर्सहरुलाई समेटियो जसको उमेर १४ वर्षको थियो । उनीहरुसँग उनीहरुको शरीरको वनावट, वजन, पेट, बडी फ्लुइड, ब्रेस्ट, खुट्टा, हिप, अनुहार र कपालका बारेमा रेटिङ गराइएको थियो ।

दोस्रो समूहमा १८ वर्षका टिनएजर्स सामेल थिए । जो डिप्रेसनसँग जुधिरहेका थिए । उनीहरुको अवस्था यस्तो किन थियो भन्ने बारेमा खोज गरिएको थियो । सो क्रममा युवा र युवती दुवै आफ्नो शरीरको बनावटबाट सन्तुष्ट नरहेको पाइएको थियो । जसमा युवाभन्दा युवतीहरु बढी असन्तुष्ट थिए ।

अनुसन्धानका अनुसार जो युवतीहरुको उमेर १४ वर्षको थियो उनीहरु आफ्नो फिगरबाट असन्तुष्ट थिए । उनीहरुमा डिप्रेसनका सामान्य लक्षण देखिएका थिए । तर, जसको उमेर १८ वर्ष थियो उनीहरु गम्भीर डिप्रेशनसँग जुधिरहेका थिए । त्यही उमेरका युवाहरुमा डिप्रेसनका सामान्य लक्षण थियो ।

दैनिक भाष्करबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ