२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययूकेमा भेटिएको कोरोनाको नयाँ भेरिएन्टको केस सिंगापुरमा पनि देखियो

यूकेमा भेटिएको कोरोनाको नयाँ भेरिएन्टको केस सिंगापुरमा पनि देखियो


कोरोना भाइरसले लगातार आफ्नो स्वरूप बदलिरहेको छ। हालै ब्रिटेनमा पाइएको कोरोना भाइरसको नयाँ स्वरूपले फेरी आममानिसमा त्रास फैलाएको छ।

बढ्दै गएको कोरोना फैलिनबाट रोक्न सबै राष्ट्रहरु लागि परेको बेलामा सो नयाँ स्ट्रेन फैलिन थालेको छ। यसैबीच सिंगापुरमा पनि ब्रिटेनमा पाइएको कोरोना भाइरसको भेरिएन्टको पहिलो केस देखिएको छ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले बताएअनुसार १७ डिसेम्बर पछि यूरोपबाट कोभिड-१९ को परीक्षण गर्दा १७ वर्षीय किशोरमा (B117) नयाँ भेरिएन्टको कोरोना भाइरस देखिएको हो। भने बाँकी ११ जनामा यसको प्राथमिक लक्षण पाइएको छ। भेरिएन्ट पाइएको किशोर बेलायतमा अध्ययनरत छन्। ६ डिसेम्बरमा सिंगापुर पुगेका उनको ८ डिसेम्बरमा कोरोना पुष्टि भएको थियो।

सिंगापुरको मन्त्रालयका अनुसार उक्त किशोरलाई सिंगापुर पुग्ने बितिकै आइसोलेशनमा राखिएको थियो। सो भाइरसको नयाँ भेरिएन्ट सिंगापुरको लागि चुनौती बन्न सक्नेछ। सो देश सहित कयौं देशमा ब्रिटेनबाट आउने यात्रीहरुमा प्रतिबन्ध लगाइएको छ।

कोरोना भाइरसको उक्त भेरिएन्ट पहिलो पाइएको भेरिएन्टको तुलनामा ७० प्रतिशत बढी संक्रामक बताइएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ