२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजरको भ्याक्सिनबाट धेरैलाई देखियो एलर्जीको समस्या

फाइजरको भ्याक्सिनबाट धेरैलाई देखियो एलर्जीको समस्या


विश्वका केही देशहरूमा कोभिड-१९को खोप अभियान सुरु भएको छ। तर खोपको प्रारम्भिक रिपोर्टले डाक्टर र वैज्ञानिकहरूको चिन्ता झनै बढाएको छ। संयुक्त राज्य अमेरिका र बेलायतमा फाइजरको कोरोनाको खोप लगाउने धेरै मानिसहरूले एलर्जीको समस्या देखिएको गुनासो गरेका छन्।

अमेरिकामा खोपको स्विकृति दिएसँगै फाइजर र मोडर्नाको खोप कयौं मानिसलाई दिइदै छ। यता, ब्रिटेनमा फाइजर र अक्सफोर्ड युनिभर्सिटी-एस्ट्राजेनेकाको भ्याक्सिन लगाउने क्रम जारी छ।

सीएननको अनुसार अमेरिकाका प्रमुख बैज्ञानिक एडभाइजर डाक्टर मोनसेफ स्लैभाईले भने, ‘अन्य कम्पनीको खोपको तुलनामा फ़ाइजरको खोपले बढी एलर्जीको केस देखिरहेको छ। एलर्जी धेरै देखिएका मानिसहरुलाई इपीपेनको औषधि उपलब्ध गराइएको छ। उक्त औषधी एलर्जी धेरै देखिएका व्यक्तिलाई दिइने गरिन्छ। यसअघि ब्रिटेनमा पनि दुई नागरिकले फ़ाइजरको खोप लगाएपछि एलर्जी देखिएको उल्लेख गरेका थिए।

न्यूयोर्क शहरमा अहिलेसम्म ३० हजार मानिसलाई कोरोनाविरुद्धको खोपको डोज दिइएको छ। जसमा केहि व्यक्तिले एलर्जी भएको जनाएका छन्। कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ। फाइजरको खोपलाई ७० डिग्री सेल्सियममा स्टोर गर्नु अनिवार्य छ। यता मोडर्नाको खोपलाई -२० डिग्री सेल्सियस तापमान आवश्यक छ।

पछिल्लो साता फाइजरले एलर्जी देखिएको केसबारे आफ्नो स्पष्टीकरण दिएको थियो। कम्पनीकोतर्फबाट भनिएको थियो कि खोपको ट्रायलको समय औषधीबाट एलर्जीको समस्या भएका व्यक्तिलाई समावेश गरिएको थिएन। एक्सपर्ट भन्छन्, ‘खोपबाट सबैलाई एलर्जी हुन्छ। वृहतस्तरमा कोरोना खोप लगाउने काम हुँदा यस्ता अरु पनि केस देखिने सम्भावना हुन्छ। जसलाई अप्रत्याशित मान्न सकिदैन।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ