२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’

डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’


काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड—१९ संसारमा आउने अन्तिम महामारी नभएको जनाएको छ । जलवायु परिवर्तन र पशु कल्याणसँग जोडिएका सवालहरु पूरा नहुन्जेल मानव स्वास्थ्यमा सुधार नआउने दावी उसले गरेको छ ।

डब्लूएचओका प्रमुख ट्रेडोस अधानम गेब्रियससले कोभिड—१९ विरुद्धको लडाइमा केवल पैसा बगाएर मात्रै केही हुने छैन । उनले भविष्यका लागि पनि तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘हामी एक संकटलाई हल गर्नका लागि पैसा लगाउँछौं । जब त्यो संकट हल हुन्छ त हामी बिर्सन्छौं । भविष्यमा आउने यस्ता समस्याका लागि हामी तयारी गर्न बन्द गरिदिन्छौं ।’

यस्तै, बेलायतमा देखिएको कोभिड—१९ को नयाँ भेरियन्टका केसहरु अन्य देशहरुमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि यो भेरियन्टका केसहरु स्पेन, क्यानडा र स्वीडेनमा देखिएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ