२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना पुष्टि भएका बिरामीमा मानसिक रोग ‘कोभिड साइकोसिस’को लक्षण

कोरोना पुष्टि भएका बिरामीमा मानसिक रोग ‘कोभिड साइकोसिस’को लक्षण


विश्वका कयौं देशमा कोरोनाको नयाँ रुप पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितमा मानसिक रोग (कोभिड साइकोसिस) पनि देखा परेको छ। अमेरिका र ब्रिटेन देखि कयौं देशमा साइकोटिक लक्षणवाला बिरामी पाइएको हो।

त्यस्ता बिरामीलाई कहिले अचानक आफुलाई मार्ने र कहिले आफ्नो बच्चालाई मार्नको लागि कोहिले भनेको सुनिने गर्छ। अमेरिकाका मानसिक रोग विशेषज्ञ डाक्टर हिसाम विलीले कोरोना संक्रमण पछि यस्तो बिरामी तीब्ररुपले बढिरहेको जानकारी दिए।

उनले भने, ‘ अहिलेसम्म मकहाँ आउने बिरामीमा पहिला कुनै मानिसक रोगको समस्या थिएन।’ कोरोनाका १ सय ५३ संक्रमित मध्ये १० जनालाई नयाँ साइकोसिस देखिएको ब्रिटेनको एक अध्ययनबाट पत्ता चलेको छ ।

कोरोना शारीरिक स्वास्थ्यको साथ मानसिक र मस्तिष्कको स्वास्थ्यलाई पनि प्रभावित गर्न सक्ने मानसिक र मस्तिष्क रोग विशेषज्ञहरु बताउँन थालेका छन् । उक्त बिरामीमा बर्बराउने र भुल्ने जस्तो समस्या देखिएको विशेषज्ञहरुको भनाई छ।

गम्भीर मानसिक समस्या

डाक्टर विलीका अनुसार उनीहरुले जुन बिरामीको टाउँको दुख्ने, हात काम्ने, चक्कर र स्वाद लिने क्षमता प्रभावित थिए जुन न्यूरो सम्बन्धित समस्या हो । यस्तो बिरामीको मनोविकृतिको समस्या दुई साता या एक महिनापछि बिकसित हुन थालेको थियो जुन निकै गम्भीर छन् र उनका वरपर रहने मानिसको लागि पनि निकै त्रासपूर्ण रहेको छ।

मस्तिष्कसम्म खराब तत्व पुग्ने
कोरोना बिरामीमा मस्तिष्क सम्बन्धित समस्या हुने धेरै कारण हुनसक्छ। यसले रक्तकोशीकामा संकुचन र सुन्ने समस्या धरै दिनसक्छ। केहि विशेषखालको न्यूरोटोक्सिन्स (खराब तत्व) मस्तिष्कसम्म रक्तको सहयाताले पुगेर यस्तो समस्या दिने गर्छ।

पहिलो केस

न्यूयोर्ककी ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भयो। उक्त महिलामा गम्भीर मानसिक समस्या सुरु भएको छ। कोरोना पुष्टि हुनु अघि उनमा कुनै त्यस्तो रोग देखिएको थिएन। डाक्टरलाई उसले आफ्नो २ र १० वर्षे सन्तानलाई कसैले मार्न चाहेको बताएकी थिइन्। यसकारण उनी आफै मर्ने योजना बनाइरहेकी छिन्।

दोश्रो केस

न्यूयोर्कका ३० वर्षीय एक कंस्ट्रक्शनमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पछि उनमा काकाको छोराले उनको हत्या गर्ने भ्रम उत्पन्न भयो। उक्त संक्रमित बिरामीले उनी आफ्नो काकाको छोरासँग बच्नको लागि बेडमै घाँटी थिच्न सक्ने छन्। पहिलो केस जस्तै उनमा पनि कुनै खालको मानसिक बिरामी थिएन।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ