२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन

मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन


ग्लूकोजको स्तर कम राख्ने ‘एलजीएलटी २ आई’ औषधी लिने मधुमेहका बिरामीको लागि कोरोना संक्रमण घातक साबित हुन् सक्ने एक नयाँ अध्ययनमा बताइएको छ। अमेरिकास्थित ब्रिघम एण्ड वूमेन हस्पिटलका अनुसन्धानकर्ताहरुले मधुमेहका बिरामीलाई उक्त चेतावनी दिएका हुन्।

अनुसन्धानकर्ताहरुको अनुसार जब बिरामीमा कोशिकाहरुको काम गर्नको लागि पर्याप्त ग्लूकोज प्राप्त गर्न रोक्छ तब डायबिटीज कीटोएसिडोसिस (डीकेए) को अवस्था पैदा हुनसक्छ।

पत्रिका ‘द अमेरिकन अफ क्लीनिकल एन्ड़ोक्रिनोलोजिस्ट्स क्लिनिकल केस रिपोर्ट्स’मा प्रकाशित एक अध्ययनमा भनिएको छ – ‘यदि कुनै कोभिड-१९ का संक्रमितले ‘एसजीएलटी २ आइ’को औषधी लिइरहेका छन् भने उनीहरुमा डीकेएको एक प्रकारको ईयूडीकेए पैदा हुने अत्याधिक खतरा हुन्छ।’

इयूडीकेएको अबस्था तब सृजना हुन्छ जब शरीरको कोशिकाहरुमा ग्लूकोज ग्रहण गर्न पाउँदैन। वैज्ञानिकहरुले बोस्टनमा इयूडीकेएका ५ असाधारण केस देखिएको उल्लेख गरेका छन् ।

अहिलेसम्म ‘एसजीएलटी २ आइ’औषधी लिने संक्रमितहरुमा मात्रै इयूडीकेएका देखिएको छ।

-एजेन्सी

 


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ