२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना कहर : जापानमा आपतकाल लागु हुन सक्ने

कोरोना कहर : जापानमा आपतकाल लागु हुन सक्ने


जापानमा कोरोना भाइरसको केसमा भैरहेको वृद्धिलाई मध्येनजर गर्दै आपतकाल लागु गर्ने सोचमा जापानी सरकार पुगेको छ । खबर अनुसार टोक्योको उत्तरी भेग सीतामा प्रान्तमा भाइरस तीव्ररुपमा फैलिरहेको छ र यस्तो अवस्थामा कोरोनाको सामना गर्न आपतकाल लगाउने विकल्प देखिएको छ।

हाल जापानमा २ लाख ३८ हजार भन्दा बढी संक्रमणको नयाँ केस पुष्टि भएको छ। जसमध्ये १ लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने ३ हजार ५ सयभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। ३८ हजारभन्दा बढी केस सक्रिय अवस्थामा छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ