२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुवावर्गमा तीव्ररुपले फैलिँदै कोरोनाको नयाँ स्वरूप : अध्ययन

युवावर्गमा तीव्ररुपले फैलिँदै कोरोनाको नयाँ स्वरूप : अध्ययन


कोरोनाको नयाँ स्वरूपले विश्वमा एककिसिमको हलचल पैदा गरेको छ। बेलायत बाहेक यो भाइरस कयौं देशमा फैलिरहेको छ। वैज्ञानिकको अनुसार कोरोनाको यो नयाँ रुप युवापुस्तामा तीव्ररुपमा फैलिरहेको छ। इम्पेरियल कलेज अफ लन्डनमा भएको एक अध्ययनमा उक्त नयाँ स्वरूप २० वर्षमुनिको उमेरका समुहमा छिटो फैलिने पाइएको छ।

अनुसन्धानबाट नोभेम्बरको महिनामा कोरोनाको यो नयाँ स्वरूप तीब्ररुपमा फैलिएको पाइएको छ। ब्रिटेनमा हाल त्यससमयभन्दा बढी करिब ३ गुणा नयाँ केस दर्ता भएको छ। वैज्ञानिकहरुका अनुसार २० वर्षभन्दा कम उमेरका समुह मात्रै हैन यो त्यस बाहेकका उमेर समूहका व्यक्तिलाई पनि संक्रमित बनाइरहेको छ।

इम्पेरियल कलेजले यस अनुसन्धानको लागि गत नोभेम्बर महिनाको डाटा लिएको थियो जुन बेला सबै विद्यालय खोलिएका थियो। अनुसन्धानमा बेलायतलाई क्रिसमस पछि पनि स्कुल बन्द गर्ने सल्लाह दिइएको थियो। बेलायती सरकारले कोरोनाको नयाँ स्वरूपको संक्रमण फैलिएसँगै हालै ११ जनावरीसम्मको लागि विदा बढाएको छ।

खोप अभियान जारी

बेलायतमा कोरोना विरुद्ध खोप लगाउने कार्यक्रम जारी छ। अहिलेसम्म ९ लाख ४० हजार भन्दा बढी व्यक्तिले भ्याक्सिनको डोज प्राप्त गरेका छन्। यहाँ अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्रेजेनेकाको कोभिशील्ड र फाइजरको खोप दिइरहेको छ।यसैबीच कोरोनाको नयाँ स्वरुपमा पनि उक्त खोप प्रभावकारी देखिएको बैज्ञानिकहरुले बताएका छन्।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ