२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा कोरोनाको नयाँ स्वरूपको प्रभाव : फेब्रुअरीसम्म लकडाउनको घोषणा

बेलायतमा कोरोनाको नयाँ स्वरूपको प्रभाव : फेब्रुअरीसम्म लकडाउनको घोषणा


बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ स्वरूपको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न लकडाउन गरेका छन्। उनले फेब्रुअरी महिनाको मध्येसम्मका लागि लकडाउन गरेका हुन्।

उनले सम्पूर्ण नागरिकलाई आफ्नो घरभित्रै बस्न अपिल समेत गरेका छन्।  बेलायतमा कोरोना भाइरसको नयाँ स्वरूपले झनै खतरानाक रुप लिएको छ र यो अत्याधिक संक्रामक समेत बनेको छ। सोमबार राती देशवासीका नाममा प्रधानमन्त्री जोनसनले सम्बोधन गर्दै भने, ‘तीव्र रुपमा फैलिरहेको यो महामारी विरुद्धको लडाईमा बेलायत एक नयाँ निर्णायक मोडमा पुगेको छ। त्यसकारण मार्च २०२० मा लगाइएको लकडाउन जस्तै सम्पूर्ण क्षेत्रमा लकडाउन हुनेछ। स्कुल र कारोबार समेत बन्द हुनेछ।’

उनले थपे, ‘आज हाम्रो अस्पताल कोभिड-१९को कारण पहिलाको दाँजोमा अत्यन्तै दबाबमा छ। भाइरको नयाँ स्वरूपलाई नियन्त्रण गर्न एकजुट भएर काम गर्नु जरुरी छ। अस्पताल कोरोना बिरामीको संख्या बढेर करिब २७ हजार पुगेको छ। जुन अप्रिल महिनाको भन्दा निकै धेरै हो।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ