२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतमा कोरोनाको नयाँ स्वरूप पुष्टि हुने संक्रमितको संख्या ७१ पुग्यो

भारतमा कोरोनाको नयाँ स्वरूप पुष्टि हुने संक्रमितको संख्या ७१ पुग्यो


कोरोना भाइरसको नयाँ स्वरूपको संक्रमण भारतमा दिनप्रतिदिन बढ्दै गएको छ। भारतमा हाल कोरोनाको नयाँ स्वरूप पुष्टि हुने संख्या ७१ पुगेको छ।

बुधबार मात्रै भारतमा थप १३ जनामा नयाँ स्वरूप पुष्टि भएको छ। त्यस्तै, गएको मंगलबार एकैदिनमा २० जनामा नयाँ स्वरूप देखिएको थियो।

सुरुवातमा बेलायतमा देखिएको नयाँ स्वरूप पहिले देखिएको भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ। उक्त भाइरस डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, इटाली, स्विडेन, फ्रान्स, स्पेन, स्विटजरल्याण्ड, जर्मनी, क्यानडा, जापान, लेबनान र सिंगापुरमा देखिएको छ।

विश्व स्वास्थ्य संगठनले आम सावधानी अपनाएर नयाँ स्वरूपसँग बच्न सकिने जनाएको छ। संगठनको अनुसार मास्क लगाउने, हात धुने र सामाजिक दुरी कायम गर्नु आवश्यक छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ