२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययौन र उमेरमा के छ सम्बन्ध ? यसो भन्छ नयाँ अध्ययन

यौन र उमेरमा के छ सम्बन्ध ? यसो भन्छ नयाँ अध्ययन


बुढेसकाल र बढ्दो उमेर यी दुवै कुरा कसैको बसमा हुँदैन। विज्ञानको कुरा मान्ने हो भने पढाई, शारीरिक व्यायम र स्वस्थ खाना जस्तो कुरामा ध्यान दिने हो भने तपाईको उमेर केहि वर्षसम्मको लागि अझै बढ्न सक्छ। एक स्वस्थ शरीरको लागि यी सबैको सन्तुलन हुन आवश्यक छ। तर यी कुराहरुमा एक अनुसन्धानकर्ताहरुले एक नयाँ कुरालाई जोडेका छन्। अनि त्यो हो ‘यौन सम्बन्ध’।

यौन सम्बन्ध कायम गर्नाले गम्भीर प्रकारको रोगको खतरा कम हुने अनुसन्धानकर्ताहरु बताउँछन। यौन सम्बन्ध कायम राख्नाले शारीरिक सन्तुष्टि मात्र मिल्दैन मुड पनि राम्रो बनाउने गर्छ। यसले रोगसँग लड्ने शक्ति, उच्च रक्तचापको नियन्त्रण र मुटुको रोगबाट समेत बचाउँछ। जसबाट मानिसको आयु लम्बिने गर्छ।

न्यु इंग्ल्याण्ड रिसर्च इन्सीट्यूटले यौनसम्पर्क र मुटुको बिरामीलाई जोडेर एक अध्ययन गरेको छ। सो अध्ययनमा ६५ वर्षभन्दा कम उमेरका १ हजार १ सय २० जना पुरुष र महिलामाथि गरिएको थियो। जसको नतिजा २२ वर्ष पछि आएको छ। सो अध्ययनमा दैनिक यौन सम्पर्क गर्नाले मुटुरोगको खतरा कम हुन्छ।

सो अध्ययनले सक्रिय यौन जीवनबाट हार्टअट्याक आएपछि पनि जिउँदो रहने सम्भावना बढी हुन्छ। सो अध्ययनमा उल्लेख भए अनुसार जुन व्यक्तिहरुले हप्तामा एकपटक वा त्यो भन्दा बढी यौन सम्बन्ध कायम गर्ने गरेका थिए। ती व्यक्तिहरुको हृदयघात भएपछि पनि मृत्यु हुने सम्भावना २७ प्रतिशतसम्म कम भएको थियो।

यता, कहिलेकाहिँ मात्र यौन सम्पर्क कायम गर्ने मानिसहरुको भने मृत्यु हुने सम्भावना मात्र ८ प्रतिशत मात्र कम भएको थियो । त्यति मात्रै हैन, सो अध्ययनमा यौन सम्बन्ध कायम गर्नु अघि र पछि तपाईको पार्टनरसँग कतिको लगाब छ भन्ने बारे पनि बताइएको छ।

अध्ययनका अनुसार हप्तामा एकपटक यौनसम्बन्ध स्थापित गर्नेको उमेर ३७ प्रतिशत बढ्ने गर्छ। यसबारे भएको यो पहिलो अध्ययन भने हैन जसमा ‘सेक्स’सँग लामो आयुको बारेमा गाँसीएको छ। केहि वर्षअघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तै आर्टिकल छापिएको छ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको अध्ययन अनुसार कम यौन सम्पर्क गर्ने पुरुषमा मुटुको समस्या बढ्ने र ‘इरेक्टाइल डिसफन्नक्सन’को समस्या पनि बढेको छ। यस अध्ययनमा जो पुरुष यौनजीवनमा सक्रिय हुन्छन त्यस्ता व्यक्तिमा शारीरिक गतिविधि गर्ने क्षमता पनि बढी हुने र स्वस्थ रहने बताइएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ