२०८२ भदौ ३१, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोडर्नाको सीइओको दावी – एकपटक भ्याक्सिन लगाएपछि वर्षौसम्म सुरक्षित रहने

मोडर्नाको सीइओको दावी – एकपटक भ्याक्सिन लगाएपछि वर्षौसम्म सुरक्षित रहने


कोरोना भ्याक्सिन लगाएपछि कहिलेसम्म तपाईको रक्षा गर्छ ? देशमा खोप भित्रिनु अगाबै धेरैको मनमा यो प्रश्न चलिरहेको छ। सो प्रश्नको जवाफ कोरोना भ्याक्सिन बनाउने कम्पनीहरु मध्ये मोडर्नाले दिएको छ। मोडर्नाको सीइओ स्टीफन बैन्सेलको अनुसार केहि वर्षसम्म भ्याक्सिनले पुरा सुरक्षा दिनेछ। हालै यसमा अझै अनुसन्धान बाँकी छ।’

अमेरिकाको बायोएनटेक कम्पनी मोडर्नाले पछिल्लो वर्ष कोरोना भ्याक्सिन बनाएर विश्वलाई आशा दिएको छ। बेलायतमा सबैभन्दा अगाडी आपतकालीन प्रयोगको लागि अनुमति मिलेको थियो। हालै भ्याक्सिनलाई अमेरिका सहित कयौं देशले प्रयोगको लागि अनुमति दिएको छ ।

सीइओ स्टीफनले भने, ‘यो भ्याक्सिन ३ ४ महिनासम्म मात्रै राम्रो हुने हल्ला पनि सुनिएको छ तर त्यसमा कुनै सत्यता छैन। यो भ्याक्सिनले केहि वर्षसम्म सुरक्षा प्रदान गर्दछ। यो खोपद्वारा उत्पन्न एन्टीबडीले कोरोनाबाट हुने क्षतिलाई विस्तारै कम गर्ने गर्दछ।’

उनले केहि वर्षसम्म सम्भावित रुपबाट सुरक्षा प्रदान गर्नेमा विश्वस्त रहेको बताए। उनले थपे, ‘कम्पनीले अब बेलायतमा मिलेको नयाँ स्वरूपमा पनि प्रभावी हुने साबित गर्नेछ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ