२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यम्याग्नस फर्माको नयाँ उत्पादन ‘रिभारोक्साबन’ बजारमा

म्याग्नस फर्माको नयाँ उत्पादन ‘रिभारोक्साबन’ बजारमा


काठमाडौं—नेपाली फर्मास्युटिकल कम्पनी म्याग्नस फर्माले विश्व बजारमा नयाँ आएको रगतलाई पातलो बनाउने  (एन्टिकोअगुलेन्ट) औषधि रिभारोक्साबन आफै उत्पादन गरी नेपाली बजारमा ल्याएको छ । कोवग्रीभ ब्रान्डको साथमा म्याग्नसले यो औषधि नेपाली बजारमा ल्याएको हो ।

नयाँ–नयाँ औषधिहरु नेपालमै उत्पादन गरी देशको औषधिमाथिको परनिर्भरता कम गर्न भूमिका खेल्दै आएको छ ।

रिभारोक्साबन एक प्रकारको एन्टिकोअगुलेन्ट औषधि हो । यसले रगतको थक्का बन्ने प्रक्रियालाई बन्द गरेर रगतलाई पातलो बनाउने काम गर्दछ । धेरै रगतको थक्का बन्ने हो भने त्यस्ले मुटु, मस्तिष्क, रक्तनली तथा शरीरको अन्य भागमा घातक समस्या निम्त्याउन सक्छ ।

कोवग्रीभको उपयोग नसामा रगत जम्ने र फोक्सोको नसामा रगत जम्नेको उपचार र रोकथाममा प्रयोग गरिन्छ ।

एट्रियल फाइब्रिलेशन वा कृत्रिम हृदय भल्वको कारणले हुन सक्ने स्ट्रोक रोक्नका लागि पनि यसको प्रयोग गरिन्छ । यस औषधिले रगतको थक्का बन्नको निम्ती आवश्यक पर्ने तत्व ‘फ्याक्टर टेन एलाई काम गर्न नदिएर रगत लाई पातलो बनाउने गर्दछ ।

रगत जमेर हुनसक्ने विभिन्न रोगका लागि करिब ७० वर्षदेखि वर्फारिनको प्रयोग हुँदै आएको छ । वार्फरिनको प्रयोगले बिरामीमा विभिन्न चुनौतीहरु देखिदैं आएकामा यो औषधि त्यो भन्दा बढी सुरक्षित रहेको दावी गरिएको छ । वार्फरिन खाइरहेको बिरामीले नियमित रुपमा अस्पताल गएर विशेष किसिमको आइयनआर मापनजस्तो झन्झटिलो काम गर्नुपर्ने हुन्छ । रिभारोक्साबनको प्रयोग गरेर यस्ता समस्यालाई धेरै हदसम्म न्यूनिकरण गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार यसको प्रयोग गर्दा आइयनआर जाँच गर्नु आवश्यक हुँदैन, जसले गर्दा बिरामीले नियमित अस्पताल धाइराख्नु पर्दैन । साथै यसको खाना र अरु औषधिसँग पनि कुनै किसिमको अन्तरक्रिया नहुने भएकोले यस औषधिलाई रगत पातलो गर्ने अरु औषधिभन्दा निकै सुरक्षित मानिने म्याग्नसले जनाएको छ ।

हाल बजारमा अन्य नयाँ प्रकारका एन्टिकोअगुलेन्ट औषधि भएतापनि प्रभावकारिता र सुरक्षाको आधारमा चिकित्सकहरुको रोजाइमा रिभारोक्साबन नै सर्वोत्कृष्ट हुने कुरामा आफू विश्वस्त भएको कम्पनीका बजार निर्देशक सुधीरप्रकाश मास्के दाबी गर्दछन् । कोवग्रीभ १०, १५ र २० एमजीमा उपलब्ध छ । जसको हाल बजारमूल्य क्रमश ७५, ८५ र ९५ रूपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ