२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यास्ट्रिकका कारण तनावमा हुनुहुन्छ, यी बानीमा बदलाव ल्याउनुहोस्

ग्यास्ट्रिकका कारण तनावमा हुनुहुन्छ, यी बानीमा बदलाव ल्याउनुहोस्


पेटमा ग्यास बन्ने समस्याबाट धेरै मासिनहरु तनावमा रहन्छन् । पेटमा ग्यास बन्नु एक आम समस्या हो । कयौ पटक पेटमा ग्यास उत्पन्न हुँदा निकै कडा दुखाइ हुन्छ । ग्यास्ट्रिकको समस्याबाट छुटाकार पाउनका लागि अनेक घरेलु उपायहरु अपनाइन्छ । तर, त्यसका बाबजुद पनि समस्याबाट राहत मिल्दैन् ।

ग्यास्ट्रिकबाट छुटकारा पाउनका लागि आफ्नो बानी—व्यवहारमा बदलाव ल्याउनुपर्छ । पेटमा ग्यास्ट्रिक हुनुको कारण खानपान र सुस्त जीवनशैली पनि हो । यस्ता केही खानपान र बानी व्यवहारमा बदलाव ल्याउँदा ग्यास्ट्रिकको समस्याबाट केही राहत पाउन सकिन्छ ।

ग्यास्टिकको समस्याबाट छुटकारा पाउन धेरै समयसम्म एकै ठाउँमा बसिरहनु हुँदैन् । धेरै समयसम्म एकै ठाउँमा बसिरहनाले पेटमा ग्याँस बन्छ । यो समस्या धेरै कम्प्युटरमा काम गर्ने मानिसहरुमा देखिन्छ । एकै ठाउँमा बसिरहनाले खाना पच्दैन् र पेटमा ग्याँस बन्छ । यही कारण धेरै समय एकै ठाउँमा बस्ने बानीलाई बदल्नुपर्छ । केही समय कुर्सीबाट उठेर यताउता डुल्नुपर्छ । यस्तो गर्नाले यो समस्याबाट केही भएपनि राहत पाउन सकिन्छ ।

विहान नास्ता नगर्ने बानीलाई पनि बदल्नुपर्छ । केही मानिसहरु विहान नास्ता गर्दैनन्, जसका कारण खाली पेटमा ग्यास बन्छ । त्यसकारण विहान नास्ता गर्नु एकदमै जरुरी छ । विहान सही समयमा स्वास्थ्यवद्र्धक नास्ता लिनाले ग्यास्ट्रिकको समस्याबाट राहत पाउनुका साथै स्वस्थ रहन पनि मद्धत पुग्छ ।

यस्तै, ग्यास्ट्रिकको अर्को कारण धेरै खानुलाई पनि मानिन्छ । केही मानिसहरुमा आवश्यकताभन्दा बढी खाने बानी हुन्छ । यस्तो गर्नाले खाना पचाउन समय लाग्छ र पेटमा ग्याँस बन्न थाल्छ । यसले पनि ग्यास्ट्रिकको समस्या जन्माउँछ ।

केही मानिसहरु तारेको र फ्राइ खाना एकदमै मन पराउँछन् । यस्तो बानीलाई पनि तुरुन्त बदल्नुपर्छ । धेरै तारेको र फ्राइ खाने कुराहरु खानाले ग्यास्ट्रिक समस्या देखिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ