×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठअन्यबेलायती प्रधानमन्त्री जोनसनद्वारा चीनले कोरोना फैलाएको आरोप

बेलायती प्रधानमन्त्री जोनसनद्वारा चीनले कोरोना फैलाएको आरोप


बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले चीनले विश्वव्यापी महामारी फैलाएको आरोप लगाएका छन्। जोनसनले चीन विरुद्ध मोर्चा खोल्दै विश्वको लागि संकट बनेको कोरोना महामारी चीनले फैलाएको आरोप लगाएका हुन्।

उनले भने, ‘चीनमा भैरहने विकृती चिकित्सा अभ्यासको कारण विश्वव्यापी रुपमा कोरोनाको प्रसार भयो।’

विश्वव्यापीरुपमा नेताहरुको लागि सम्बोधन गर्दै जोनसनले अधिक क्षमतावाण बन्नको लागि प्यागोलिन पिस्नेको लागि हमला भएको जनाए।  प्रधानमन्त्री जोनसनले उक्त टिप्पणी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोद्वारा आयोजित ‘वन पाल्नेट सम्मेलन’ मा मन्तव्य दिने क्रममा दिएका हुन्।

उनले भने, ‘नबिर्सनुस, कोरोना विश्व महामार मानिस र प्राकृतिक संसारको बीचमा भएको असन्तुलनको एउटा परिणाम हो । यस भाइरस प्यागोलिनबाट उत्पन्न भएको हो।’

प्यागोलिन चीनमा तसकरी हुने गर्छ। प्यागोलिनको भाइरस मानिससम्म पुगेको पनि धेरैको अनुमान छ। कोरोनाको पहिलो केस चीनको वुहान प्रान्तबाट आएको थियो। वुहान शहरको पशु बजारमा कयौं प्रकारका जनावरको मासु पनि भाइरस फैलने प्रमुख कारण पनि मानिन्छ।

-एजेन्सी


क्याटेगोरी : अन्य


तपाईको प्रतिक्रिया दिनुहोस