२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ

कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको भन्दा बढी कठिन हुन सक्ने : डब्लुएचओ


विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको दोश्रो कार्यकाल पहिलाको दाँजोमा बढी कठिन साबित हुनसक्ने बताएको छ। संगठनको हेल्थ इमरजेन्सी प्रोग्रामका कार्यकारी निर्देशक माइकल रेयानले भने, ‘कोरोना महामारीको दोश्रो वर्षको ‘ट्रान्समिसन डायनामिक्स’ पहिलोको तुलनामा ज्यादा कठिन हुन सक्छ।’

माइकल रेयानले एक प्रश्नको जवाफमा भने, ‘हामी कोरोना फैलिएको दोश्रो वर्षमा पुगेका छौं। जुन कोरोनाको प्रसार र केहि मुद्दालाई मध्येनजर गर्दै यो वर्ष कठिन साबित हुनसक्ने देखिन्छ।’

जोन्स हपकिन्स यूनिभर्सिटीको अनुसार गत ११ मार्चमा कोभिड-१९ को कहरलाई महामारी घोषित गर्यो। हाल विश्वमा ९ करोड २१ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ