२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना संक्रमितमा ५ महिनासम्म रहन्छ एन्टीबडी : अध्ययन

कोरोना संक्रमितमा ५ महिनासम्म रहन्छ एन्टीबडी : अध्ययन


कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिमा ५ महिनासम्म एन्टीबडी अर्थात्‌ रोगसँग लड्ने क्षमता रहने एक अध्ययनले पत्ता लगाएको छ। बेलायतमा बिहिबार जारी गरिएको एक अध्ययनको नतिजाअनुसार पहिला संक्रमण भएका व्यक्तिमा कम्तिमा पनि पाँच महिनाको लागि प्रतिरोधात्मक क्षमता प्रदान हुने गर्छ। तर यसको बाबजुद पनि स्वस्थ भएका संक्रमितमा भाइरसको बाहक बन्न सक्छ।

पब्लिक हेल्थ इंग्ल्याण्ड (पीएचई) को विश्लेषण अनुसार संक्रमण पछि स्वभाविकरुपमा विकसित हुने प्रतिरक्षा प्रणाली पुन: संक्रमणबाट ८३ प्रतिशत संरक्षण प्रदान गर्दछ। जो व्यक्ति पहिला नै कुनै रोग लागेको हुँदैन।

विशेषज्ञहरुले सुझाव स्वरूप जुन व्यक्तिभित्र प्रतिरोधात्मक शक्ति विकसित भैसकेको हुन्छ ती व्यक्ति पनि आफ्नो नाक वा गांटीमा भाइरसको बाहक हुनसक्छ र उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण हुने जोखिम बन्नसक्छ।

पीएचईका वरिष्ठ चिकित्सा सल्लाहकार  प्रोफेसर सुस्यान हपकिन्सले भने, ‘हामी भाइरसविरुद्ध एन्टीबडी संरक्षणको प्रकृती अहिलेसम्मको सबैभन्दा सफा चित्र देखिएको छ। जुन व्यक्तिमा संक्रमण भएको थियो र जसमा एन्टीबडी बनेको छ ती व्यक्तिमा प्राय पुन: संक्रमणबाट सुरक्षितहुन्छन। तर अहिलेसम्म संरक्षण कति लामोसम्म हुन्छ भन्ने पत्ता लागेको छैन।’ उनले थपे, ‘संक्रमणबाट ठिक हुने व्यक्तिमा पनि भाइरस पुन फैलिन सक्ने हाम्रो अनुमान छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ