२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारीमा प्याड प्रयोग गर्दा ध्यान दिनैपर्ने यी कुरा

महिनावारीमा प्याड प्रयोग गर्दा ध्यान दिनैपर्ने यी कुरा


हरेक महिनामा हुने महिनावारीको समयमा महिला र किशोरीलाई कयौं कठिनाइबाट गुज्रिनुपर्छ। असहनीय पीडाले गर्दा काममा मन नलाग्ने जस्तो समस्याको महिलाले सामना गर्दै आएका हुन्छन। जहाँ यस समय आराम पाउनको लागि महिला र किशोरीले कयौं उपाय अपनाउने गर्छन। यसको साथसाथै उनीहरुले प्रयोग गर्ने प्याडलाई लिएर धेरै ध्यान दिनुपर्ने हुन्छ।

हाइजीन देखि प्याडको बनावटसम्म हरेककुरामा ध्यान दिनु अत्यन्त आवश्यक छ। आउनुहोस जानौ महिनावारीमा के-कस्ता कुरामा ध्यान दिनुपर्छ।

प्याड किन्ने समय धेरै कुराको ख्याल राख्नुपर्छ। जसमध्ये एउटा प्याडको साइज। प्राय महिलाहरु प्याड किन्ने समय साइजको बारेमा ध्यान दिने गर्दैनन्। प्याडको साइज गलत हुँदा यसको प्रयोग गर्दा फिटनेसमा समस्या आउँछ। कयौंपटक महिनावारी चक्र सकिएपछि पनि महिलाहरुलाई प्याडको साइज कुन चाहिं प्रयोग गर्नुपर्छ भन्नेबारे थाहाँ हुँदैन। सामान्य साइजको प्याड चाँडै भरिन्छ भने यसको साटो लामो आकारको प्याडको प्रयोग गर्नुपर्छ।

महिनावारीमा समय सरसफाइको विधिलाई पनि ध्यान दिनुपर्दछ। तर केहि महिलाहरु दिनको हिसाब राख्दै सरसफाइको विधिलाई अपनाउने गर्दिछन। जस्तै कहिले मेंस्टुअल कप कहिले प्याड र कहिले त टेम्पोन्सको प्रयोग गर्छन। तर यस्तो गर्न नहुने चिकित्सकहरु सुझाव दिने गर्छन। जुन तपाई पहिले देखि प्रयोग गर्नु हुन्छ सधै त्यही प्रयोग गर्नुपर्दछ। यस्तो गर्दा संक्रमणको खतरा कम हुन्छ ।

प्याड प्रयोग गर्ने समय निकै ध्यान दिनुपर्ने हुन्छ। यसपटक प्रयोग गरेको प्याड ४ देखि ५ घन्टाको अन्तरमा बदल्नुपर्छ। यस्तो गर्नाले संक्रमण हुन् पाउँदैन।
यसको साथै प्याडको गुणस्तरमा पनि ध्यान दिनुपर्छ। किनभने कुनै प्याडको गुणस्तर नराम्रो हुने हुँदा स्किनलाई हानी पुर्याउँछ। जसकारण सधै राम्रो गुणस्तर भएको प्याडमात्रै प्रयोग गर्नुपर्छ।

आफ्नो स्किनलाई अनुकुल हुने प्याड किन्नुपर्छ। आफ्नो स्किनअनुसारको प्याड खरिद गर्न तपाई स्त्री रोग विशेषज्ञसँग परामर्श लिन सक्नुहुनेछ।


क्याटेगोरी : अन्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ