२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ अबको १०० दिनभित्र प्रत्येक राष्ट्रमा खोप अभियान सुरु हुने डब्लुएचओको विश्वास

अबको १०० दिनभित्र प्रत्येक राष्ट्रमा खोप अभियान सुरु हुने डब्लुएचओको विश्वास


विश्व स्वास्थ्य संगठनले अबको सय दिनभित्र हरेक देशमा कोरोना विरुद्ध खोप अभियान सुरु हुने विश्वास व्यक्त गरेको छ।

संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस्ले भने, ‘मलाई कोभिड-१९को खोप पारदर्शीरुपमा वितरण हुने आशा  छ। म अबको सय दिनभित्र विश्वका सबै देशमा खोप अभियान कार्यक्रम संचालन भएको देख्न चाहान्छु।’

उनले विकसित देशहरुले गरिब देशहरुमा पनि समानरुपले सहयोग गर्नुपर्ने जनाएका छन्। संगठन गरिब मुलुकहरुमा भ्याक्सिन उपलब्ध गराउन प्रतिबद्ध छ।

यस्तै, संगठनका अधिकारीहरुले सबै देशमा अन्तर्राष्ट्रिय यात्राको लागि भ्याक्सिन प्रुफलाई जरुरी नबनाउन सुझाव दिएका छन्। सबै राष्ट्रमा प्रयाप्त भ्याक्सिनको पहुँच पछि यसमा निर्णय हुनु पर्ने संगठनको भनाई छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ