२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यनियमित शारीरिक सम्बन्धले तपाईलाई बनाउँछ स्मार्ट

नियमित शारीरिक सम्बन्धले तपाईलाई बनाउँछ स्मार्ट


नियमित शारीरिक सम्बन्ध कायम राख्नुहुन्छ ? यदि राख्नुहुन्छ भने तपाईको मस्तिष्कको लागि यौन सम्बन्ध राम्रो पोषण हो। यौन सम्बन्धले मस्तिष्कको कोशिकाहरुलाई सक्रिय बनाउनुको साथै समझदार बनाउँछ ।

एक अध्ययन अनुसार यौन सम्बन्धले तपाईलाई स्मार्ट बनाउँछ। यौन सम्बन्धको शारीरिक फाइदा बारे सबैले सुनेकै छौँ  तर यसको महत्वपूर्ण मनोवैज्ञानिक लाभ पनि छ । यसको मुख्य मनोवैज्ञानिक लाभ भनेको कुनै पनि औषधीको तुलनामा ‘सेक्स’ले मानसिक तनाव कम गर्छ। र लगातार यौन सम्बन्ध बनाउँदा हुने सकारात्मक प्रभावले हामीलाई धेरै समझदार बनाउँछ।

यौनले मस्तिष्कको रसायनलाई बदल्ने गर्छ। कयौं अध्ययनबाट यौनले संज्ञानात्मक क्षमता बढाउने देखाएको छ। तर एक अध्ययनले मानिसको विश्लेषणात्मक विचारलाई पनि राम्रो बनाउने उल्लेख गरेको छ।

बढ्दै गरेको रक्त परिसंचरण मस्तिष्क कोशिकाहरुलाई अत्याधिक अधिक पोषण र अक्सीजन प्रदान गर्दछ। ‘सेक्स’ मस्तिष्कमा व्यापक प्रभाव पार्दछ र शब्दहरुलाई पनि याद राख्न निकै मद्दत गर्छ।

‘सेक्स’ले ‘डोपामाइन स्मृति’ र सोच्ने क्षमता जस्तो मनोवैज्ञानिक कार्यमा मद्दत गर्छ। ‘एन्ड़ोर्फिन’ शरीरको ‘मर्फिन’ जस्तै तनाव कम गर्छ। ‘अक्सीटोसिन हार्मोन’ हामीलाई दयालु बनाउँछ र अरुप्रति सहानुभूति महसूस गराउँछ।

यौन हाम्रो शरीर र मस्तिष्कको पौष्टिक भोजनको एक भाग जस्तै हो। तपाई जति धेरै शारीरिक सम्बन्ध कायम राख्नुहुन्छ त्यति नै कयौं नकारात्मक कारक हट्ने गर्छ । नकारात्मक कारक जुन तपाईलाई कम योग्य महसूस गराउँछ । भने यसले आत्मविश्वास र आत्म-मूल्य समेत बढाउने अध्ययनले देखाएको छ।

मानिसको लागि प्रेम र यौन आधारभूत आवश्यकता हो। नियमित यौन सम्बन्धले प्रेरित, आशावादी र सम्मानित महसूस गराउँछ। यदि तपाईलाई लाग्छ कि तपाईको दिमाग राम्ररी काम गरिरहेको छैन भने तपाई आफ्नो यौन साथीसँग नियमित यौन सम्बन्ध स्थापित गर्ने गर्नुहोस। सो क्रियाकलापले मस्तिष्कलाई सक्रिय र तपाईलाई स्मार्ट बनाउँछ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ