२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकुलत फैलाएको अभियोगमा औषधी निर्माता जोनसन एन्ड जोनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना

कुलत फैलाएको अभियोगमा औषधी निर्माता जोनसन एन्ड जोनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना


एजेन्सी–कुलतसम्बन्धी संकट निम्त्याउन दोषी पाइएको ठहर गर्दै बहुराष्ट्रिय औषधी निर्माता कम्पनी जोनसन एन्ड जोनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना तिर्न एक अदालतले आदेश दिएको छ । अमेरिकाको ओक्लाहोमा राज्यका एउटा अदालतका न्यायधिशले सो फैसला गरेका हुन । तर, आफूमाथिको फैसलाबिरुद्ध पुनराबेदन गर्ने कम्पनीले जनाएको छ ।

ओक्लाहोमा राज्यका न्यायधिश थाड बाल्कम्यानले आफ्नो कम्पनीले उत्पादन गरेका दुखाई कम गर्ने औषधीको भ्रामक प्रचार गरेर सर्वसाधारणलाई ओपिओइडको कुलतमा फसाउन जोनसन एन्ड जोनसन मुख्य जिम्मेवार भएको बताए । ‘जोनसन एन्ड जोनसनका कार्यले ओक्लोहोमाका हजारौं मानिसले स्वास्थ्यसँग सम्झौता गर्नुपरेको छ ।’ आदेशमा भनिएको छ ।

जोनसन एन्ड जोनसनले क्षतिपूर्ती वापत तिर्नुपर्ने रकम ओपिओइडको कुलतमा फसेका व्यक्तिको उपचारमा प्रयोग गरिने पनि अदालतको फैसलामा जनाइएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार ओपिओइडको अत्यधिक प्रयोगका कारण सन् १९९९ देखि २०१७ सम्म अमेरिकामा झन्डै ४ लाख मानिसको मृत्यु भएको थियो ।

सन् २००० देखि ओपिओइडको ओभरडोजका कारण ओक्लाहोमा मात्र ६ हजारको मृत्यु भएको सो राज्यका वकिलहरुले बताएका छन् । जोनसन एन्ड जोनसनले एक वर्ष लामो बजार अभियान सुरु गरेको र त्यसले कुलत पेनकिलरको जोखिम बढेको तथा कम्पनीले ठूलो फाईदा गरेको वकिलहरुको दाबी छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार ओपिओइडको अत्यधिक प्रयोगका कारण सन् १९९९ देखि २०१७ सम्म अमेरिकामा झन्डै ४ लाख मानिसको मृत्यु

चिकित्सकले बढी पेनकिलर खान सुझाब दिएको भन्दै जोन्सन एन्ड जोन्सनको बजारीकरणको प्रयासले सर्बसाधरण आजिद परेको वकिलहरुले दाबी गरेका थिए ।

यसैबीच कम्पनीले सन् २००८ देख अमेरिकाको औषधी बजारमा आफ्नो केबल १ प्रतिशत योगदान रहेको दाबी गरेको छ ।
अदालतको आदेश त्रुटीपूर्ण भएको समेत उसले जिकिर गरेको छ । ‘हाम्रो कम्पनीबारे अदालतले गरेको फैसला अपूर्ण छ । कम्प्नीको उत्पादन र कार्यले ओकलाहोमामा सर्वसाधरणमा पीडा निम्तिएको भन्ने बारेमा राज्यले प्रमाण दिन सकेको छैन । ’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

ओलाहोमा राज्यका महान्यायधिवक्ता जनरल माईक हन्टरले कूलतका कारण सो राज्यमा मानिसहरुको असामयिक मृत्यु हुनुमा जोनसन एन्ड जोनसन जिम्मेवार भएको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ