२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यविश्वमा पहिलोपटक एक युवकको हात र काँधको प्रत्यारोपण सफल

विश्वमा पहिलोपटक एक युवकको हात र काँधको प्रत्यारोपण सफल


एक युवकको करेन्टले पोलेको दुवै हातको प्रत्यारोपण सफल भएको छ । चिकित्सा क्षेत्रमा करेन्टले पोलेको दुवै हातलाई प्रत्यारोपण गरेर नयाँ कृतिमान कायम भएको यो पहिलोपटक हो।

दुई दशक अघि १२ जनावरी १९९८मा आइसल्याण्डमा बस्ने इलेक्ट्रिशियन फेलिक्स ग्रेटार्सनलाई ११ हजार भोल्टको लाइनमा काम गर्नेक्रममा करेन्ट लागेको थियो।

उक्त घटनामा उनको दुवै हात काट्न परेको थियो। घटनाको समयमा उनको उमेर २६ वर्षको थियो।

यसरी सम्भव भयो उपचार 

 ग्रेटार्सनको हात र काँध प्रत्यारोपणका लागि विश्वको सबैभन्दा जटिल र ठुला-ठुला अङ्गको प्रत्यारोपण गर्ने ५ अलग-अलग अस्पतालका विशेषज्ञहरुको ५० जना सहितको टीम थियो। फ्रान्सको एक अस्पतालमा भएको सो शल्यक्रिया निकै चुनातीपूर्ण थियो।  डाक्टरले दाताबाट अङ्ग निकाल्न र प्रत्यारोपित गर्नको लागि त्यति ठुलो टिम बनाइएको थियो। सो टिमले १५ घण्टामा यस जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन्।

काँधसँगै दुवै हातको प्रत्यारोपण गरिएको यो पहिलो केस भएको दावी गरिएको छ।

अप्रेशनको समयमा सबैभन्दा बढी संक्रमणबाट बचाउनको लागि डाक्टर सफल भए। बिरामी पुरै स्वस्थ छन्। डाक्टरहरुले उनमा राम्रो सुधार देखेका छन्। चिकित्सको एक ठुलो टिमले बिरामीको काँध र हातमा रगत प्रवाहमा ध्यान दिइरहेका छन्।

३ महिना कोमामा

उनको हात करेन्ट लागेर काँधबाट पुरै छिन्ने अवस्थामा थियो। संक्रमण पुरा शरीरमा फैलने खतरालाई मध्येनजर गर्दै डाक्टरहरुले काँधबाट हात काटेर अलग राखिएको थियो। यस अपरेशनपछि ३ महिनासम्म उनी कोमामा थिए।

ग्रेटसर्नकी श्रीमती सिल्भियालाई उनी सामान्य जीवनमा फर्किनेछन भन्ने कुनै आश थिएन। तर उनको लागि प्रत्यारोपण सफल हुनु भनेको कुनै चमत्कार भन्दा कम थिएन ५४ वटा अप्रेशन गरेपछि प्रत्यारोपण गर्नु त्यस समय निकै चुनौतीपूर्ण रहे पनि सफल भएको एक चिकित्सकले बताए ।

एजेन्सी 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ