२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यबढ्दो तौललाई नियन्त्रण गर्ने नायिका सारा अली खान गर्छिन यी ४ व्यायाम

बढ्दो तौललाई नियन्त्रण गर्ने नायिका सारा अली खान गर्छिन यी ४ व्यायाम


सारा अली खान यी दिनहरुमा बलिउडको लाइमलाइटमा छिन्। फिल्म केदारनाथ र लभ आजकलको सफलता पछि उनको गन्ति शानदार अभिनेत्रीको रुपमा हुन थालेको छ। यसअघि एक समय यस्तो पनि थियो सारा अलि खान मोटोपनाबाट धेरै चिन्तित थिइन्। त्यस समय उनी यति फिट हुन्छिन भन्ने कसैले सोचेको थिएन होला। तर कठिन मेहेनत पछि उनले मोटोपनलाई हराएकी छिन्।

साराले बढ्दो वजनलाई नियन्त्रित गर्नको लागि शारीरिक व्यायामको सहारा लिएकी छिन्। यदि तपाई पनि मोटोपनाबाट चिन्तित हुनहुन्छ र बढ्दो वजनलाई नियन्त्रित गर्नको लागि साराले जस्तै व्यायाम गर्न सक्नुहुनेछ। आउनुहोस जानौ –

१.  पुस-अप (Push Up)

सारा अली खान फिट रहनको लागि ‘पुस अप’ गर्ने गर्छिन। यसको लागि जमिनमा पेटलाई मुनि पारेर सुत्नुहोस । आफ्नो अनुहारको दुवै हात राख्नुहोस्। दुवै हात र खुट्टा फैलाएर राख्नुहोस। त्यसपछि ‘पुस अप’ गर्नुहोस। जसको निमित आफ्नो शरीरको मांसपेसीको सहारामा तल माथि गर्नुहोस। यस मुद्रामा आफ्नो खुट्टा, कम्मर र पुरा शरीर सिधा राख्नुहोस। जब ‘पुस अप’ गर्नु हुन्छ तब छातीले जमिनलाई छोएको होस्। त्यससमय १ सेकेन्डको लागि रोकिनुहोस। त्यसपछि पुन: अप गर्नुस।

२. बर्पी एक्सरसाइज ( Burpee Exercise)

यो एक यस्तो व्यायाम हो जसले शरीरभरि हलचल निम्त्याउँछ। यसका लागि पहिले उठ्नुहोस्। फेरी तल झुकेर दुवै हातहरू भुइँमा राख्नुहोस् र दुबै खुट्टा पछाडि लानुहोस र समय नछुटाईकन डुब्नुहोस् र त्यसपछि हावामा उफ्रिनुहोस्। यस पछि एकपटक ‘पुस अप’ गर्नुहोस। त्यसपछि हावामा उफ्रिएर खडा हुनुहोस।

३. स्क्वाट्स जम्प (Squats jump)

यो व्यायाम दैनिक गर्नाले वजन कम हुन्छ। यसको लागि, सावधानको आशनमा पहिले उभिनुस। यस पछि आफ्ना दुवै हातहरू हावामा लहराउनुस। अब बिस्तारै बस्न कोसिस गर्नुहोस्। जब तपाईं कुर्सी आशनमा आउनुहुन्छ, केहि समय रोक्नुहोस्, त्यसपछि उठ्नुहोस्।

४. प्ल्याङ्क ज्याक्स (Planks Jack)

यो वर्कआउटको लागि राम्रो व्यायाम हो। यस्तो गर्नाले एक्स्ट्रा फ्याट बर्न हुन्छ। यसको लागि सबैभन्दा पहिला पुस अप्स पोजिशनमा रहेर दुवै खुट्टाको दुरी बनाउनुहोस्। केहि सेकेन्डको लागि रोकिनुहोस्। दुवै खुटा फेरी एकैठाउँमा ल्याएर टाढा छोड्नुहोस्। जसले एक्स्ट्रा फ्याट बर्न हुन्छ। उक्त एक्सरसाइजले वजन कम मात्र हैन फिट पनि बनाउँछ।

-एजेन्सी


क्याटेगोरी : अन्य, टिप्स, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ