२०८१ माघ २७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना नियन्त्रण गर्न हम्मे-हम्मे परेको अमेरिकाको २८ राज्यमा नयाँ स्वरूप फैलियो

कोरोना नियन्त्रण गर्न हम्मे-हम्मे परेको अमेरिकाको २८ राज्यमा नयाँ स्वरूप फैलियो


बेलायतमा पाइएको कोरोनाको नयाँ स्वरूपले अमेरिकालाई झनै मुश्किलमा पारेको छ। कोरोना संक्रमण दर नियन्त्रण गर्न हम्मे-हम्मे परेको अमेरिकामा नयाँ स्वरूपले झनै त्रास सृजना गरेको छ।

हालै कोरोनाको नयाँ स्वरूप अमेरिकाको २८ राज्यमा फैलिएको छ। यूएस नेशनल इन्सीट्यूट अफ एलर्जी र संक्रामक रोगका निर्देशक एन्थोनी फौसीका अनुसार भाइरसको नयाँ प्रकार आउने समयमा अझै बढी असरदार हुनेछ।

यस्तै, अमेरिकामा एक फ्रेवअरीबाट हवाई जहाज, ट्रेन, बस, सबवे, फेरी, पानीको जहाज, ट्याक्सी, शेयर राइड आदि सार्वजनिक बाहनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन अनिवार्य गर्ने भएको छ।

हाल विश्वमा संक्रमितको संख्या १० करोड २७ लाखभन्दा बढी रहेको छ। भने २२ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ