२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यइक्वेडरमा एक क्लिनिकले ७० हजारलाई नक्कली कोरोना भ्याक्सिन दिएको खुलासा

इक्वेडरमा एक क्लिनिकले ७० हजारलाई नक्कली कोरोना भ्याक्सिन दिएको खुलासा


दक्षिण अमेरिकाको इक्वेडरमा अवस्थित एक किल्निकमा ७० हजारभन्दा बढी मानिसलाई नक्कली कोरोना भ्याक्सिन लगाइदिएको खुलासा भएको छ। एक निजी क्लिनिकले कोरोना भ्याक्सिनको नाममा बिरामीबाट प्रति डोज ११ सय रुपैयाँ लिएर उक्त खोप दिएको खुलासा भएको हो।

सो किलिनिकमा तीन डोज लिएपछि कोरोना भाइरसबाट पूरा रुपले सुरक्षित हुने दावी गर्दै बिरामीलाई नक्कली भ्याक्सिन लगाइदिएको पाइएको हो। भ्याक्सिनको नाममा चलखेल भएको खुलासा भएसँगै स्थानीय अधिकारीहरुले सो क्लिनिक सिल गरेका छन्।

त्यहाँको स्थानीय मीडिया अनुसार क्लिनिक संचालन गर्ने चिकित्सक लुसियाले मानिसलाई खोप नभएर भिटामिन र सिरम दिएको भन्दै बयान दिएकी छिन् । सो खोपले रोग प्रतिरोधक क्षमता बढाउने र उक्त औषधीले २० हजार कोरोना संक्रमितको उपचार भएको समेत दावी गरेकी छिन्।

सो शहरको मुख्य सुरक्षा अधिकारी सीसर डियाजका अनुसार भ्याक्सिनको नाममा दिइदै आएको सुईमा कुन पदार्थको प्रयोग भएको स्वास्थ्य अधिकारीबाटअहिलेसम्म जानकारी आइसकेको छैन।

इक्वाडोरमा करिब १४ हजार ६ सय भन्दा बढी संक्रमितको मृत्यु भैसकेको छ भने २ लाख ४२ हजारभन्दा बढी संक्रमित पाइएको छ। त्यहाँ फाइजर-बायोनटेक र अक्सफोर्ड-एस्ट्राजेनेकाको दुवै भ्याक्सिनको अनुमति दिइएको छ। कोरोना भ्याक्सिनको नाममा भएको चलखेल बारे अन्डरकभर एजेन्टको भिडियोबाट खुलासा भएको थियो।

सो भिडियोमा क्लिनिक संचालन गर्ने चिकित्सक लुसिया पेनाफीलले ७० हजार मानिसको कोरोना उपचार गरिएको बताएकी थिइन्। सो भिडियो सार्वजनिक भएपछि पुलिस र स्वास्थ्य अधिकारीले उक्त क्लिनिक छापा मारेको थियो।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ