२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकार दुर्घटनामा जलेको अनुहार र हातको पहिलोपटक सफल प्रत्यारोपण

कार दुर्घटनामा जलेको अनुहार र हातको पहिलोपटक सफल प्रत्यारोपण


अमेरिकाको न्युजर्सीमा एक युवकको अनुहार र हातको सफल प्रत्यारोपण गरिएको छ। अमेरिकाका २२ वर्षीय जोसेफ डेमियो विश्वको पहिलो युवक हुन् जसको पहिलोपटक हात र अनुहारको एकैसाथ प्रत्यारोपण भएको हो ।

एक कार दुर्घटनामा जोसेफको शरीरको ८० प्रतिशत भाग जलेको थियो। जुलाई २०१८मा नाइट शिफ्ट काम गरेर अफिसबाट फर्किंदै गर्दा कार दुर्घटना परेका उनको हात र औंला जलेको थियो भने अनुहार लगभग काम नलाग्ने भैसकेको थियो।

९ अगष्ट २०२०मा दात्ता पाइएपनि कोरोना महामारीको कारण प्रत्यारोपण हुन सकेको थिएन। शल्यक्रिया सफल हुने सम्भावना ६ प्रतिशत सम्भावना थियो। २३ घण्टासम्म लागेर गरिएको प्रत्यारोपणमा ६ चिकित्सा टोली सहित दुई अपरेटिंग कोठा, ८० स्वास्थ्यकर्मी र १६ सर्जियन जना खटिएका थिए।

६ महिनाको पर्खाइ पछि ३ फ्रेवअरीमा प्रत्यारोपणको पहिलोपटक विवरण खुलासा भएको हो।

यो प्रत्यारोपणलाई चिकित्सा क्षेत्रको ठूलो उपलब्धि भनिएको छ। चिकित्सकहरुले ज्यान मात्रै हैन जोसेफले नयाँ अनुहार र हात पनि पाएको बताएका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ