२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यएस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक

एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक


दक्षिण अफ्रिकाले आफ्नो स्वास्थ्यकर्मीलाई अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप दिनमा रोक लगाएको छ। कोरोना भाइरसको नयाँ स्वरूप पुष्टि भएका बिरामीमा एस्ट्राजेनेकाको खोप प्रभावकारी नदेखिएको भन्दै दक्षिण अफ्रिकाले यसको प्रयोगमा रोक लगाएको हो।

गत साता दक्षिण अफ्रिकाले पहिलो चरणको दश लाख खोप प्राप्त गरेको थियो। र फ्रेवअरीको सुरुवातमा दिने योजना थियो। सुरुवाती नतिजामा नै सो खोप प्रभावकारी नदेखिएको बताइएको छ।

एक सानो अध्ययनबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार एस्ट्राजेनेकाको खोप दक्षिण अफ्रिकामा पाइएको कोरोनाको नयाँ स्वरूप पुष्टि भएकाहरुमा न्यूनतम स्तरको मात्रै सुरक्षा दिन्छ।

त्यहाँका स्वास्थ्यमन्त्री ज्वेली मखिजेले आइतबार राति भने, ‘नयाँ स्वरूप अत्याधिक संक्रामक छ र यसले देशमा महामारीको प्रकोपमा वृद्धि भैरहेको छ । यहाँ ९० प्रतिशत नयाँ स्वरुपको केस देखिएको छ।’ उनले एस्ट्राजेनेका खोप आम भाइरसविरुद्ध प्रभावकारी रहेको तर नयाँ स्वरूपको लागि भने प्रभावकारी नभएको जनाए।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ