२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यएक भागको मात्रै स्तनपान गराउने बानीले आमाको स्वास्थ्यमा जोखिम

एक भागको मात्रै स्तनपान गराउने बानीले आमाको स्वास्थ्यमा जोखिम


शिशुका लागि आमाको दुधलाई पोषक तत्वको भण्डार मानिन्छ । जसकारण पुर्णरुपमा ६ महिनासम्म आमाले आफ्नो शिशुलाई स्तनपान गराउनुपर्छ । उचित स्तनपानको अभावमा शिशुमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको कमी हुनुका साथै यसले अन्य विभिन्न शारीरिक समस्याहरु निम्त्याउने सम्भावना प्रबल रहन्छ ।

यसका साथै यसले शिशुमा मात्र नभई उचित स्तनपानको अभाव आमामा हार्मोन असन्तुलनका कारण पोस्टपार्टम डिप्रेशनका साथै डिम्बग्रन्थी तथा स्तन क्यान्सरको समेत उच्च जोखिम रहन्छ । यसकारण पनि कुनै पनि आमाले आफ्ना शिशुलाई उचित रुपमा स्तनपान गराउनु जरुरी रहन्छ ।

सामान्यतयाः प्रसुतिपछि अधिकांश आमाको साझा समस्या भनेको आफ्ना शिशुलाई स्तनपान गराउनु हो । अधिकांश भर्खरै जन्मेका शिशुहरु एक भागको मात्रै स्तनपान गर्न रुचाउने र अर्कापट्टिको दुध चुस्न नरुचाउने हुन्छन् । प्रायजसोः शिशुहरु स्तनपान गर्न नमान्ने र गरेपनि एक साइडको मात्रै स्तनपान गर्न रुची राख्छन् । शिशुका यस्ता बानीले आमामा एक किसिमको तनाव त पैदा गर्छ नै यसको साथै यसले आमा शिशु दुवैलाई प्रतिकुल असर समेत गर्दछ ।

यद्यपि शिशुको यस बानीलाई सामान्य मानिन्छ। र उनीहरुको यस्तो बानीलाई हटाउन समेत सकिने भएकाले पनि यसबारे खासै चिन्तित रहनु पर्दैन । त्यसका लागि सर्वप्रथम त हामीले के कारणले शिशुहरु दुवै स्तनपान गर्न मानिरहेको छैनन् भन्ने कुरा जान्न एकदमै आवश्यक छ ।

कारणहरु

शिशुहरुले एकै भागको मात्र स्तनपान गर्न रुचाउने र अर्कापट्टिका स्तनपान नरुचाउने विविध कारणहरु रहेका छन् । साधारणतयाः निम्न कारणले शिशुले स्तनपानका लागि अस्वीकार गर्ने गर्छन्ः

  • मस्टिटिसका कारण हुने दुधको परिवर्तित स्वाद,
  •  निप्पलको आकार र असहज स्थिति,
  • कम दुध आउने भएकाले,
  • स्तनमा कुनै समस्या भएमा वा आमाले पार गरिरहेको कुनै अन्य शारीरिक समस्या,
  • र, केहि आमाहरु बच्चालाई आफ्नो दायाँ वा बाया भागमा मात्रै सहज महशुस गर्ने भएकाले ।

यी त रह्यो, शिशुले एक भागको मात्रै स्तनपान गर्न रुचाउने कारणहरु । यसका साथै अब हामीले शिशुलाई दुवै स्तनपान किन गराउनुपर्छ र नगराएमा यसले आमाशिशुमा के–कस्ता समस्या देखिन्छन् तर भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

एउटा मात्रै स्तनपान गराउनाले शिशुलाई पर्याप्त दुधको कमी हुन जान्छ । जसकारण शिशु भोको रहने र अधिकांश रुइरहने गर्छन्, भने पर्याप्त दुधको अभावमा उनीहरुमा प्रतिरोध क्षमताको कमी समेत हुनजान्छ । यसबाहेक दुवै स्तनपान नगर्ने र नगराउने आमामा देखिने समस्याहरु निम्न छन्ः

  •  स्तनपान नगराएको स्तन सुक्दै जाने,
  • असमान स्तनको आकार,
  • दुध गानिएर अत्याधिक दुखाई हुने,
  • निप्पलमा क्षति पुग्ने,
  • अनावश्यक रुपमा स्वतः दुध बगिरहनु ।

यी कुराहरुलाई ध्यानमा राख्दै यस्त समस्याबाट बच्नका लागि भएपनि आमाले आफ्ना शिशुले दुवै स्तनपान गर्न किन खोजिरहेका छैनन् भन्ने कुरा पत्ता लगाई हामीले सो कारणलाई कम गर्ने प्रयास गर्नुपर्दछ ।

-एजेन्सीहरुको  सहयोगमा


क्याटेगोरी : अन्य, जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ