२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ बालबालिकामा अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको ट्रायल हुने

बालबालिकामा अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको ट्रायल हुने


अक्सफोर्ड–एस्ट्रेजेनेका खोपको परीक्षण बालबालिकामा हुने भएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पहिलोपटक बालबालिकामा कोरोना खोपको परीक्षण गर्ने भएको हो।

सो विश्वविद्यालयले शनिबार पहिलोपटक कोरोना खोप बालबालिकामाथि परीक्षण गर्ने घोषणा गरेको हो।

बालबालिकालाई अक्सफोर्ड–एस्ट्रेजेनेकाको खोप दिइने भएको छ। सो परीक्षणको लागि खोप लगाउन ६ देखि १७ वर्ष उमेर समूहका ३०० जना बालबालिकाको सहभागिता गराइने बताइएको छ । जसमध्ये २ सय ४० जनालाई खोपको पहिलो डोज र, बाँकी रहेका अन्यलाई नियन्त्रणको रुपमा मेनिन्जाइटिस खोप दिइनेछ ।

एस्ट्राजेनेकाले यस वर्ष तीन लाख डोजलाई उत्पादन गर्ने लक्ष्य लिएको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ