२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यकर्मीलाई विशेष भिसा दिन आग्रह

भारतीय प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्यकर्मीलाई विशेष भिसा दिन आग्रह


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डाक्टर र नर्सको लागि विशेष भिसा दिन आग्रह गरेका छन्। बिहिबार आयोजित कोभिड व्यवस्थापनको वोर्कशपमा सम्बोधन गर्दै उनले दक्षिण एसियाली सहयोग संगठन(सार्क) का ८ सदस्य मुलुक र इन्डियन ओसन मुलुकका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा दिन आग्रह गरेका हुन् ।

सम्बोधनमा उनले भने, ‘ कुनै पनि देशमा आपतकालीन अवस्था सृजना भएमा भिजाको सहायताबाट चिकित्सक-नर्सले त्यस देशमा गएर छिटो सेवा दिन सक्ने भएकोले यसबारे विचार गर्न म  आग्रह गर्न चाहान्छु।

यसको साथै भारतीय प्रधानमन्त्री मोदीले एक एयर एम्बुलेन्स अग्रिमेन्टको बारेमा समेत विचार गर्नको लागि छिमेकी राष्ट्रहरुको नागरिक उड्यन मन्त्रालयलाई आग्रह गरेका छन्। उनले महामारीसँग सामना गर्न प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका राख्ने बताएका छन्।

उक्त वोर्कशपमा नेपाल, भारत , माल्दिभ्स, बंगालदेश, मोरिसश, पाकिस्तान, शिशेल्‍स र श्रीलंका सहभागिता थियो।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ