२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्य७५ प्रतिशत भ्याक्सिनमा १० राष्ट्रको कब्जा, गरिव मुलुक बन्चित हुने खतरा : संयुक्त राष्ट्रसंघ

७५ प्रतिशत भ्याक्सिनमा १० राष्ट्रको कब्जा, गरिव मुलुक बन्चित हुने खतरा : संयुक्त राष्ट्रसंघ


काठमाडाैं-विश्वभर कोरोना विरुद्ध खोप अभियान कार्यक्रम चलिरहेको छ। यसैबीच संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले भ्याक्सिनको असमान वितरणको आलोचना गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको उच्च स्तरीय बैठकमा बुधबार गुटेरेसले उक्त टिप्पणी गरेका हुन्।

महासचिव गुटेरेसले भने, ‘१० देशमा मात्र ७५ प्रतिशत खोप कार्यक्रम भएको छ। जबकी १ सय ३० भन्दा बढी देशमा भ्याक्सिनको एक डोज पनि प्राप्त भएको छैन।’

उनले संयुक्त राष्ट्रसंघको सदस्य देशबाट कोभ्याक्सको सुविधामा सहयोग गर्न समेत आग्रह गरेका छन्। ताकि विश्वभरमा कोरोना भ्याक्सिनको समान वितरणको सुनिश्चित गर्न सकियोस ।

कोभ्याक्स खोप कार्यक्रम खोपको दौडमा पछि छुट्ने निम्न आय भएका देशहरुको अवस्थालाई ध्यानमा राखिंदै वितरण सुनिश्चित गर्ने काम गर्दछ।

बेलायतका विदेश सचिव डोमिनिक राबले यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपिया जस्ता देशहरूमा द्वन्द्व र अस्थिरताको कारण लाखौं मानिसहरू भ्याक्सिन लगाउनबाट बन्चित हुने खतरा भएको बताएका छन् ।

यता, विशेषज्ञहरूले विश्व स्वास्थ्य संगठनको कोभाक्स कार्यक्रमको पनि आलोचना गरेको पाएको छ । विज्ञहरू भन्छन्, ‘डब्ल्यूएचओले गरीब देशहरूलाई भ्याक्सिन दिने लक्ष्यमा सक्रिय देखिदैन् ।’

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ