२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहामारीको प्रभाव प्रजनन क्षमतामा, यसरी हुनसक्छ सुधार

महामारीको प्रभाव प्रजनन क्षमतामा, यसरी हुनसक्छ सुधार


प्रजनन क्षमतामा सम्बन्धि गरिएको एक अध्ययनमा कोरोना भाइरसको असर महिला र पुरुषको प्रजनन क्षमतामा पर्ने देखिएको छ। अमेरिकाको भेन स्टेट विश्वविद्यालयले गरेको सो नयाँ अध्ययनले कोरोनाको प्रजननमा पर्ने नकरात्मक प्रभावलाई केहि तरिकाबाट सामना गर्न सकिने बताइएको छ।

अनुसन्धानकर्ताहरुले कोरोना महामारीको दौरान प्रजनन क्षमतामा जिङ्कको महत्वको बारेमा उल्लेख गरेका छन्। अध्ययनको अनुसार यस समय जो मानिस परिवार योजनाबारे सोचिरहेका हुन्छन। ती व्यक्तिले आफ्नो डाइटमा जिंकको मात्रा बढाउनुपर्ने हुन्छ। जिङ्क शुक्राणु र अण्डाशयमा हुने माइटोकोन्ड्रियलबाट हुने हानिबाट बचाउँछ। जिङ्कले प्रजनन क्षमतालाई राम्रो गर्नुको साथै भाइरसको विरुद्ध प्रतिरक्षा प्रणालीलाई पनि बढाउने पाइएको छ। यो अध्ययन रिप्रोडक्टिभ साइन्सेस पत्रिकामा छापिएको छ।

अनुसन्धानकर्ताको अनुसार सबै वयस्क समूहका व्यक्तिहरुले दिनमा कमसेकम ५० मिलिग्राम जिङ्क खाने सुझाव दिएका छन्। यसले इम्युनिटी बढाउनुको साथै शरीरमा भाइरससँग लड्ने तागत पनि दिन्छ।

जिङ्कको कमीले साइटोकिन स्टोर्मको प्रतिक्रिया अत्याधिक बढ्ने सो अध्ययनमा उल्लेख गरिएको छ। जसकारण शरिर सुनिने,तन्तुलाई हानि गर्ने र कोरोनासँग लड्ने अंग फेल हुने जस्ता समस्या देखा पर्छन। यसबाट परिपक्क नभएको अण्डाशय र शुक्राणुमा माइटोकोन्ड्रियल क्षति हुन थाल्छ। यो सन्तान उत्पादन र निषेचन प्रक्रियालाई रोक्दिन्छ। जसले गर्दा गर्भधारण हुन पाउँदैन। अध्ययनका प्रमुख डाक्टर अबु सउदले भने, ‘जिङ्क एन्टीअक्सिडेन्ट र एन्टी-इम्फ्लेमेटरी एजेन्ट को रुपमा काम गर्छ। यो शुक्राणु र अन्डाशयलाई भाइरसबाट हुने खतरा र गर्भवती हुँदा आउने समस्याबाट समेत बचाउँछ। ‘

कोरोना संक्रमित व्यक्तिले यदि साइटोकिन स्टोर्म बढाउनु अघि पहिला जिङ्क दिएमा गम्भीर अबस्था आउनबाट बच्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्।

शरीरमा जिंकको मात्रा बढाउँनको लागि डाइटमा जिंकयुक्त खानेकुरा समावेश गर्नु पर्दछ। त्यसको लागि तपाई कुखुराको मासु, अण्डा, फर्सीको बिया, दुध,. दही, बदाम, काजू, अनार, अमला, किभी, एभोकाडो र शक्खरखण्ड खान सकिन्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ