२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना असर – बेलायतमा २० लाखभन्दा बढीको रोजगार गुम्यो, कयौंको जागिर सङ्कटमा

कोरोना असर – बेलायतमा २० लाखभन्दा बढीको रोजगार गुम्यो, कयौंको जागिर सङ्कटमा


विश्वव्यापी महामारी कोरोना भाइरस र यसबाट बच्न लगाइएको लकडाउनले विश्वभरिका देशहरूको अर्थव्यवस्थालाई पिरोलेको छ। यसको  कारणले गर्दा बेरोजगारीको समस्या झनै बढेको छ। एक तथ्याङ्क अनुसार बेलायतमा लकडाउनका कारण करिब २० लाख मानिस बेरोजगार भएका छन् ।

यता, हरेक ४ कम्पनी मध्ये एक कम्पनी यस वर्षको अप्रिलको अन्त्यसम्म स्टाफ कटौती गर्ने तयारीमा  छ। जसले गर्दा करिब २६ लाख मानिस बेरोजगार हुने संघारमा छन्।

रिजोल्यूशन फाउन्डेशनको अनुसार लकडाउनको समयमा जागिर गुमाएर पुन जागिर पाउनेको संख्या १९ लाख छ। केहि व्यापारिक व्यक्तिहरुले कुनै उन्नतिका योजना नबढे कर्मचारी निकाल्न बाध्य हुने बताएका छन्।

तथ्याङ्कले देखाए अनुरुप अबको ३ महिनामा २६ लाख कर्मचारीको जागिर जाने देखिन्छ। बेलायतमा कुल कर्मचारी संख्या ८ प्रतिशत छ। ब्रिटिश च्याम्बर्स अफ कमर्सको सर्वेक्षणमा सरकारी मद्दतका कार्यक्रम बन्द भएमा देशको व्यापारको एक ठुलो भागमा स्टाफ काम गर्ने सहमति जताइएको छ।

यता, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले तीव्र खोप कार्यक्रमबाट पसल, रेस्टुरेन्ट र बार गर्मी मौसम आउने समयसम्म खोल्ने आशा रहेको जिकिर गरेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ