२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न

कान्तिपुर डेन्टल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं—कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शुक्रबार नेपाल हेल्थ कर्प र एनडिएसए—केडिसीसँग मिलेर रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । उक्त रक्तदान कार्यक्रम आयोजना गर्न रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सहयोग गरेको थियो ।

महामारीको समयमा रगतमा रहेको अभाव पूर्ति गर्नका लागि कलेजका विद्यार्थी नवीना मियाँको अग्रसरतामा विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना हुँदै आएको छ ।

रक्तदान कार्यक्रममा सहभागी भएर सफल बनाउन सहयोग गर्ने रक्तदाता, स्वयंमसेवक, एनएचसी र एनडिएसए—केडिसीलाई कलेज व्यवस्थापनले धन्यवाद ज्ञापन गरेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ