२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यके कोभिड-१९ को अफ्रिकन स्वरुप बढी संक्रामक छ ?

के कोभिड-१९ को अफ्रिकन स्वरुप बढी संक्रामक छ ?


पछिल्लो समय दक्षिण अफ्रिकाका देखिएको कोरोनाको नयाँ स्वरुप (भेरियन्ट)का विषयमा बढी बहसहरु केन्द्रित छन् । त्यसको एउटा मुख्य कारण यसमा कोभिड—१९ विरुद्ध प्रयोग भइरहेका भ्याक्सिनहरुलाई प्रभावकारी नमानिनु पनि हो ।

अहिलेसम्म दक्षिण अफ्रिकामा देखिएको कोभिड—१९ को नयाँ स्वरुपबाट भारतमा पनि १८७ जना संक्रमित भएको पुष्टि भएको छ । चिन्ताको कुरा यो छ कि दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ स्वरुप बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरुपभन्दा पनि भिन्न छ । किनभने यसमा नयाँ ३ इलिमेन्ट भेटिएका छन् ।

अफ्रिकाको भेरियन्टमाथि अहिले अनुसन्धान चलिरहेको छ । अहिलेसम्मको अध्ययनमा अफ्रिकी भेरियन्ट बढी संक्रामक मानिएको छ । तर, वैज्ञानिकहरुले अहिले नै यसबारे कुनै नतिजा निकाल्दा हतारो हुने बताएका छन् ।

विश्वमा अहिले कोभिड—१९ का नयाँ स्वरुपहरु देखिन थालेका छन् । वैज्ञानिकहरुकाअनुसार भाइरसको प्रकृतिअनुसार नै नयाँ भेरियन्टहरु देखिइरहेका छन् । भाइरसको यो संचरनामा आनुवंशिक संरचनाका काफी बदलाव आउँछ । अहिले पनि कोभिड—१९ का कयौं नयाँ स्ट्रेन देखिएका छन्, जसमा सबैभन्दा खतरानाक अफ्रिकी भेरियन्टलाई मानिएको छ । यसलाई ५०१.भी२ वा बी.१.३५१ पनि भनिन्छ ।

अहिलेसम्म अफ्रिकन भेरियन्ट कति खतरानाक छ भन्ने पूर्णरुपमा पुष्टि भइसकेको छैन । तर, यो भेरियन्टमा केही यस्ता चीजहरु पाइएका छन्, जसबाट यो थाहा हुन्छ कि यो पुरानो कोरोना भाइरसको तुलनामा बढी गतिमा फैलन सक्छ ।

वैज्ञानिकहरुले विभिन्न किसिमका भ्याक्सिनलाई अफ्रिकी भेरियन्टमा परिक्षण गरेका छन् । यसका लागि वैज्ञानिकहरुले पीडितको रगतको नमुनाको सहारा लिइएको छ । जसका लागि अफ्रिकन भेरियन्टमा पाइएको एन५०१वाई र ई४८४के माथि अनुसन्धान जारी छ । तर, अहिलेसम्म वैज्ञानिकहरु कुनै नतिजामा पुगिसकेका छैनन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ