२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यबिगबोस १४ कि बिजेता रुबिना स्लिम रहन दैनिक पिउँछिन् ५ लिटर पानी

बिगबोस १४ कि बिजेता रुबिना स्लिम रहन दैनिक पिउँछिन् ५ लिटर पानी


भारतीय टेलिभिजन अभिनेत्री रुबिना दिलाइकले शानदार खेल खेलेर हालै चर्चित शो बिग बोस-१४को विजेता बनेकी छिन्।  सुन्दरता या  फेशन स्टाइलको मात्र नभएर उनको फिटनेसको पनि लाखौँ फ्यान छन्।

उनी प्राय इन्स्टाग्राम आफ्नो फिटनेसको भिडियो फ्यानसँग शेयर गर्ने गर्छिन। अझ महिलाहरु त उनको जस्तो शरीर बनाउन जिम देखि लिएर उनको डाइट प्लानको पनि फलो गर्छन। उनी स्वस्थ तन्दरुस्त र सदावाहर फिट रहन योग, वोर्कआउट र नृत्य गर्ने गर्छिन।

उनको फिटनेसको रहस्य

आफूलाई फिट र तनावबाट टाढा राख्न रुबीना शीर्षासन, सूर्य नमस्‍कार, वृक्षासन, वारियर पोज, जानुशीर्षासन जस्तो योग गर्ने गर्छिन। यस बाहेक उनी जिममा व्यायाम गर्छिन्। कसरत र योग बाहेक, उनी नियमित नृत्य पनि गर्छिन।

पर्याप्त पानी पिउछिन

उनी एकदिनमा कम्तिमा पनि ३ देखि ५ लिटरसम्म पानी पिउँछिन्। जसले उनको शरीर र अनुहारलाई हाइड्रेट राख्छ। पर्याप्त पानी पिउँदा रोगबाट बचाउने मात्र हैन अनुहार पनि चमकदार बनाएको उनी बताउछिन्।

उनी स्वीमिङ्गको सोखिन छिन्। फिट रहनको लागि पौडिनु राम्रो व्यायाम मान्छिन उनी। स्वीमिङ्गले शरीरको तौल बढ्न दिँदैन। हेल्दी डाइटको बारेमा उनी भन्ने गर्छिन, ‘हाम्रो बानी, दृष्टिकोण, व्यक्तित्व सही भएमा हामी स्वस्थ रहन्छौं।’ उनको कुनै फिक्स डाइट प्लान छैन।

फिटनेसको २० प्रतिशत क्रेडिट उनी डाइटलाई दिने गर्छिन। रुबिना सधै आफ्नो खानाको रुटिनमा स्वस्थ आहार राख्ने गर्छिन।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ